arrow

टेक्सासबाट युएस खवर नेपाली पाक्षिक पत्रिकाको शुरुभारम्भ

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
us-khabar.jpg.jpeg
टेक्सास। झण्डै १ लाख नेपाली र नेपाली भाषीको बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालसबाट नेपाली पत्रिकाको प्रकाशन शुरु भएको छ। यस अघि युएस खवर अनलाईन प्रकाशन गर्दै आएको समूहले युएस खवर नेपाली पाक्षिक पत्रिकाको पहिलो अंक बजारमा ल्याएको हो।
 
सबैका समाचार सबैका विचार नारा सहित प्रकाशन शुरु गरिएको २४ पृष्ठको यो पत्रिका रंगीन पृष्ठमा प्रकाशन भएको छ। पत्रकारीता र समाजसेवाको पृष्ठभूमि बोकेका यूवाहरुको सकृयतामा यो पत्रिका प्रकाशन भएको हो। टेक्सास राज्यको अफिस अफ द सेक्रेटरी अफ स्टेटमा दर्ता भएको यो पत्रिकाको दर्ता नम्वर ८०२३९९३४० Uskhabar.एलएलसी रहेको छ।
 
पत्रिकाको कार्यकारी निर्देशकमा नेप्लीज सोसाइटी टेक्सासका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी भुवन आचार्य छन्। त्यसैगरी प्रधान सम्पादक लेखनाथ गौतम, सम्पादक किशन रेग्मी, प्रबन्ध सम्पादक ओम भटटराई र प्रबन्ध सह सम्पादक प्रभात सापकोटा रहेका छन्। पत्रिकाको अतिथि सम्पादक भने नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद लोकराज अधिकारी छन्। युएस खवर पाक्षिक मार्फत पाठक माझ सहि सूचना र स्वस्थ मनोरन्जनका खुराक पस्कने र जिम्मेवार पत्रकारीताको अभ्यासलाई स्थापीत गर्ने कार्यकारी निर्देशक आचार्यले बताए।
 
पत्रिकाका प्रधान सम्पादक गौतमले पत्रिकालाई टेक्सास राज्यका सबै नेपालीको सूचनाको सारथी बनाउन हरदम प्रयास गर्ने प्रतिबद्धता जनाए। त्यसैगरी सम्पादक मण्डलका रेग्मी भटटराई र सापकोटाले युएस खवरलाई मर्यादित पत्रकारीताको नमूना बनाउन सबैको साथ सल्लाह र सुझावको अपेक्षा गरेको बताए। त्यसैगरी नेपालमा रहेका अतिथि सम्पादक अधिकारीले नेपाल र बिश्वमा छरिएर रहेका नेपालीलाई जोडने पुलका रुपमा यो पत्रिकालाई ग्रहण गर्न आग्रह गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ