arrow

ब्रसेल्स विष्फोटमा २१ को मृत्यु : ‘आक्रमण अघि गोली चलेको थियो’

पेरिसमा आक्रमणका चरमपन्थी सालेह पक्राउ परको चार दिनमै आक्रमण

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
barsels-1.jpg.jpeg
एजेन्सी । बेल्जियमको राजधानी ब्रसेल्सको ज्यावेनटेम विमानस्थलमा र माएलबीक मेट्रो स्टेशनमा भएको छुट्टा छुट्टै जिष्फोटमा २१ जनाको मुत्यु भएको छ । विमानस्थलमा दुईवटा विष्फोट भएको एक घण्टा वित्न नपाउँदै मेट्रो स्टेशनमा विष्फोट भएको थियो । बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिशेलले एयपोर्टमा भएको हमला एक आत्घाति थियो भनेका छन् । ब्रसेल्स फायर ब्रिगेड विभागका प्रवक्ताले विष्फोटमा कम्तिमा पनि २१ जनाको मृत्यु भएको र ३५ जना गम्भीर रहेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
 
जेट एयरवेजको एक विमान विष्फोटको समय ब्रसेल्स विमानस्थलमा रहेपनि जिमान र यात्रु सकुसल रहेको जानकारी आएको अधिकारीहरुले जनाएका छन् । विष्फोटबारे अनुसन्धान जारी छ । यद्यपि, किन र कस्ले विष्फोट गराएको हो भन्नेबारे यकिन हुन सकेको छैन । विष्फोटपछि बन्द भएको विमानस्थल खुलेको छ । विमानस्थलमा भारतको दिल्ली र मुम्बइबाट पुगेका जेट एयरवेजका जहाज अवतरण भएका छन् ।  विष्फोटपछी मेट्रो स्टेशन भने बन्द छ ।
 
विष्फोट अघिल्लो वर्ष फ्रान्सको पेरिसमा भएको चरमपन्थी आक्रमणका एक आक्रमणकारी सालेह अब्देसलाम बेल्जियममा पक्राउ परेको मात्र चार दिन पछि भएको हो । एक समाचार एजेन्सीका अनुसार विष्फोट पहिले फायरिङ्ग समेत भएको थियो । कोही व्यक्ति अरबी भाषामा बोलेको आवाज समेत सुन्नमा आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ