arrow

सञ्जय दत्त जेलवाट छुटेसँगै 'मुन्नाभाई' फ्रेंचाइजी संस्करण निकाल्न जुटे

logo
प्रकाशित २०७२ चैत १० बुधबार
sanjaydutt-arshadwarsi-munnabhaio.jpg.jpeg
एजेन्सी ।  चर्चित अभिनेता बोमन ईरानीका  अनुसार राजकुमार हिरानी निर्देशत फिल्म 'मुन्नाभाई' को नयाँ संस्करण निर्माणको प्रक्रियामा रहेको छ । अभिनेता संजय दत्त आफ्नो जेल सजाय पुरा गरेर बाहिर आएपछि विभिन्न सञ्चारमाध्यमले राजकुमार हिरानी निर्देशित फिल्म 'मुन्नाभाई एमबीबीएस' को नयाँ संस्करण बनाउन जुटेको बताएका छन् ।  निर्देशक हिरानी र दत्त बिच यस बिषयमा कुराकानी भइरहेको बताइएको छ । उनीहरु बिच चाडै 'मुन्नाभाई' फ्रेंचाइजी संस्करण निकाल्न सहमतिमा पुग्ने विश्वास लिइएको छ ।    
 
चलचित्रका चर्चित अभिनेता तथा मुन्नाभाई' फिल्ममा मुख्य अभिनय गरेका बोमन ईरानीले समेत मुन्नाभाई' को भाग तीन आउने बताए पनि समय अझै पक्का भइसकेको छैन । शकुन बत्रा निर्देशित चलचित्र'कपूर एन्ड सन्स' को स्पेशल स्क्रीनिंगमा आएका  बोमनले आधिकारिक रुपमा निर्णय नभए पनि यो फिल्मको सुरुवात चाडै हुने बताएका छन् ।  
 
केही समय पहिले राजकुमार हिरानीले पनि  बीबीसीसगँ कुरा गर्दै  'मुन्नाभाई' को फ्रेंचाइजीको अर्को भाग आउने बताएका थिए।'मुन्नाभाई' का 'सर्किट' अर्थात अरशद वारसी ले पनि एक कार्यक्रममा  संजय दत्त सग अर्को 'मुन्नाभाई' मा  काम गर्न उत्साहित रहेको बताएका थिए । राजकुमार हिरानीले बनाएको चलचित्र 'लगे रहो मुन्नाभाई ' र 'मुन्नाभाई एमबिबिएस' ले बलिउडमा सर्वाधिक सफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ