arrow

कोरियामा हजारौं डलर ब्यस्त सडकमा फालियो !

कोरियाकी एक ५६ बर्षिया महिलाले १९,०३० डलर राजधानी सोलमा फालेकी छिन्

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Korean_Won.jpg.jpeg
एजेन्सी। शहरको ब्यस्त ठाउँमा कसैले लाखौं रुपिया फाले भने के होला ? सायद पैसा टिप्नेको तछाड-मछाड वा हेरे बस्ने भीड नै हुन्छ होला । तर दक्षिण कोरियामा यस्तै घट्ना हुँदा कसैले पनि वास्ता नगरेको समाचार कोरियन मिडियामा छाएको छ।
 
कोरियाकी एक ५६ बर्षिया महिलाले १९,०३० डलर बराबरको कोरियन वोन  राजधानी सोलमा फालेकी छिन्। उनले उक्त रकम फाल्दा पनि कुनै पनि ब्यक्तीले पैसा उठाएनन्। पैदलयात्रुहरुले उक्त छरिएर रहेका पैसाको फोटो खिचे तर कसैले पनि उठाएनन्- प्रहरीले भन्यो। 
 
त्यसरी बेवारिसी अवस्थामा रहेको पैसा उठाउनु कोरियामा चोरीको अभियोग लाग्ने कानुन रहेको छ। यसरी जानजान फालिएको पैसा उठाउँदा भने कुनै कानुन नलाग्ने प्रहरीले बताएको छ। तर पनि कुनै पनि ब्यक्तीले उक्त पैसा उठाएनन्। 
 
प्रहरीले ती महिलालाई किन त्यसो गरेको भनेर सोध्दा, उनले भनिन् ' म, मेरा श्रीमान र छोराले उक्त पैसा लिईदिन्छन् भनेर डराएकी हुँ। उनीहरुले लिनु भन्दा सडकमा रहेका कुनै आवश्यक ब्यक्तीले उक्त रकम पाउँन भन्ने चाहना हो ।' 
 
प्रहरीले अनुसन्धान गर्दा उक्त महिलाले बैंकबाट ३६,००० डलर बराबरको कोरियन वोन निकालेकी थिईन्। सबै पैसा जम्मा गरेर प्रहरीले ट्याक्सीमा चढाएर उनलाई घर पठाएको थियो। प्रहरीका अनुसार न उनलाई परिवारबाट कुनै डर थियो न प्रहरी सुरक्षा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ