arrow

फिल्म 'पशुपतिप्रसाद' पाईरेसी, प्रदर्शनको अधिकार लिनेलाई घाटा हुने

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Pashupati_prashad.jpg.jpeg
काठमाडौं। फिल्म 'पशुपतिप्रसाद' पाईरेसी भएको छ। हाम्राकुरा श्रोतका अनुसार यो फिल्मको सेन्सरप्रति पाईरेसी भएको पाईएको हो। मिडियाहरुमा फिल्म पाईरेसीको खबर आएपछि आत्तिएको निर्माण कम्पनि भने अहिले फिल्म कसरी पाईरेसी भयो र कहाँबाट भयो भनेर खोज्नमा व्यस्त छ। यद्धपि पाईरेसीको प्रमाण नै भेट्न नसक्दा निर्देशक दिपेन्द्र के खनालले मिडियाले झूटो समाचार हालेको भन्दै उल्टै मिडिया बिरुद्ध अदालत जाने बोल्दै हिँडेका छन्।
 
फिल्म जाँचपासको अधिकार प्राप्त निकाय सेन्सर वोर्डलाई फिल्म सेन्सरको लागी हरेक फिल्मले 'वाटरमार्क' सहित फिल्म बुझाउने प्रावधान अनुसार यो फिल्मको पनि सेन्सर कपि नै पाईरेसी भएको पाईएपछि रामचन्द्र ढकाल नेतृत्वको सरकारी निकाए सेन्सर वोर्डप्रति नै प्रश्न उठेको छ। श्रोतलाई मान्ने हो भने पाईरेसी हुनमा कि त सेन्सर वोर्ड कि त त्यो फाईल तयार गरिएको प्रोडक्शन स्टुडियोको हात छ।
 
अनाधिकृत रुपमा बाहिरिईएसँगै पेनड्राईभ पेनड्राईभ हुँदै भाईरल बनेको फिल्म युट्युवमा भने अपलोड भएको छैन्। काठमाडौं आसपासका मोबाईल पसलमा समेत पेनड्राईभ मार्फत 'पशुपतिप्रसाद' बिक्री भईरहेको आशंका छ। तर यति हुँदै गर्दा पनि फिल्म उद्योगको सर्वोच्च संस्था चलचित्र विकास वोर्ड कुनै जानकारी पाएको छैन्।
 
फिल्म पाईरेसीको खबरमा नै आश्चर्य मानेका निर्देशक खनालले काठमाडौंको गुण हल तथा अन्य केहि हलमा समेत फिल्म प्रदर्शनको क्रममा रहेको भन्दै विदेशका २० बढि देशमा प्रदर्शनको क्रममा रहेको बताए। उनको यो कुरालाई आधार मान्ने हो भने फिल्म पाईरेसी भईसकेकोले विदेश प्रदर्शनको लागी अधिकार लिने संस्था तथा निकायलाई ठुलो धक्का लाग्ने निश्चित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ