arrow

नाकाबन्दीको असर व्यावसायीमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ चैत १३ शनिबार
waling.jpg.jpeg
स्याङ्जा। मधेशवादीको आन्दोल र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण व्यवसायी मर्कामा परेको एक कार्यक्रममा उद्योगी व्यवसायीहरुले बताएका छन् । वालिङ उद्योग वाणिज्य संघ र दमक उद्योग वाणिज्य संघको संयुक्त भेटघाट तथा स्वागत कार्यक्रममा उद्योगी व्यावसायीहरुले नाकाबन्दीका कारण व्यवसायी धरासायी भएको बताएका हुन् । नाकाबन्दीले व्यावसायीलाई परेको घाटा प्रति उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक आन्दोलनमा नीजि क्षेत्र नै तारो बन्ने गरेको उल्लेख गर्दै उद्योगी व्यवसायीले यस प्रति सरकार संम्वेदनशील हुनुपर्ने धारणा राखे । 
 
दमक उद्योग वाणिज्य संघ अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश प्रसाईले सरकारको उदासीनपनका कारण नीजि क्षेत्र खाली राजनीतिक आन्दोलनको निशानामा पर्ने गरेको दुःखेसो पोखे । प्रसाईले झापामा उत्पादन गरिएको कृषि वा अन्य बस्तुहरुको बजार स्याङ्जा र स्याङ्जामा उत्पादन गरिएको बस्तुको बजार झापा पु¥याई व्यवसाय प्रवद्धनमा अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे । झापालाई पर्यटनको रुपमा विकास गर्न पछिल्लो समय दमक उद्योग वाणिज्य संघको पहलमा विश्वकै ठुलो बुद्धको मुर्ति निर्माण गर्न लागिएको समेत अध्यक्ष प्रसाईले बताए । दुवै उद्योग वाणिज्य संघका गातिविधिहरु साटासाट गरिएको सो भेटघाट तथा स्वागत कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघ अध्यक्ष शोभाकान्त पौडेलले स्याङ्जालाई कृषि र पर्यटनकै रुपमा अगाडी बढाउन संघ लागि परेको बताए । 
 
राजनीतिक आन्दोलनको निशानामा नीजि क्षेत्र परेपनि हामी उद्योगी व्यवसायी अत्यन्तै धैर्यताका साथ मुलुक बनाउन अगाडी बढेको उल्लेख गरे । स्याङ्जा कृर्षि, धार्मिक र साँस्कृतिक रुपले अगाडी बढेको जिल्ला भएकाले सबै बिषयलाई पर्यटन प्रवद्र्धन गर्ने राम्रो अवसर रहेको पौडेलको भनाई थियो । स्याङ्जामा प्रचुर मात्रमा सुन्तला, कफी र अदुवाको खेती हुने भएकाले यसको बजार प्रवद्र्धनमा दमक उद्योग वाणिज्य संघले सहयोग गरिदिन पौडेलले आग्रह गरे । दुवै उवासंघका अध्यक्षले आ—आफ्नो जिल्लामा संम्भावना भएका विकासका गातिविधिहरु साटासाट गरेका थिए । 
 
भुकम्प पिडित देखि बाढीपहिरो पिडितहरुलाई दुबै संघले सहयोग गरेको कार्यक्रममा सुनाइएको थियो । झापा र स्याङ्जा विच व्यपारीक सम्वन्ध बढाउन कस्ताखालका कार्यहरु गर्दा सहज हुने सहभागीहरुले छलफल समेत गरेका थिए । चैत्र ७ गतेदेखि शुरु गरेको भ्रमण पश्चिम कन्चनपुर हुदै स्याङ्जा, पोखरा हुदै झापा पुग्ने दमक उद्योग वाणिज्य संघले जनाएको छ । वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुण्यप्रसाद अर्यालले धन्यवाद दिएको सो स्वागत तथा भेटघाट कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अनन्तराज गैह्रे, संञ्चाल महासचिव गिरमान गुरुङ् र सभापतित्व अध्यक्ष शोभाकान्त पौडेलले गरेका थिए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ