arrow

अबुधावीमा नेपाल तामाङ कलाकार संघ युएईको तदर्थ समिति गठन

logo
लालबहादुर ढेंगा।
प्रकाशित २०७२ चैत १३ शनिबार
tamang-artist.jpg.jpeg
दुबई, युएई। युएईस्थित कार्यरत तामाङ कलाकारहरुको एक भेलाले युएईका चर्चित गायक सुमन सिङ्दन तामाङको संयोजकत्वमा “नेपाल तामाङ कलाकार संघ युएई” को तदर्थ समिति गठन गरेको छ । समितिले आगामी तीन महिनाभित्र एउटा भव्य सांस्कृतिक कार्यक्रमका साथ प्रथम साधारण भेला गरी पूर्णकार्य समिति गठन गर्ने भएको छ ।
 
भेलाले सुमन सिंदन तामाङको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसमा क्रमशः उपसंयोजकमा सन्दिप ग्याबक तामाङ र अस्मि स्याङ्तान तामाङ, महासचिवमा प्रदिप लामा तामाङ, कोषाध्यक्षमा सोनाम लामा तामाङ र सह–कोषाध्याक्षमा सारंग तामाङ रहेका छन् । 
 
त्यसैगरी अन्य सदस्यहरुमा ज्ञान लामा तामाङ, बले तामाङ, बिमला बज्यु तामाङ, जोया तामाङ, सुब्बा बल तामाङ, प्रिया मोक्तान तामाङ, कृतिका लामा तामाङ, कल्पना लामा तामाङ, राजेश लामा तामाङ, बिनोद लामा तामाङ, सानु तामाङ, उषा (राई ) तामाङ, बिक्रम लामा तामाङ, नम्रता तामाङ, बिश्वराज स्याङ्तान तामाङ, प्रतिमा तामाङ, उनिना तामाङ, सन्जिता तामाङ, अमृता तामाङ, कृष्ण पाख्रिन तामाङ र कपिल पाख्रिन तामाङ रहेका छन् भने संरक्षक तथा सल्लाहकारमा बिमल तामाङ रहेको छ । 
 
कार्यक्रममा उपसंयोजक अस्मि तामाङ र सन्दिप ग्यबक तामाङले संघको औचित्य र उद्देश्य बारे प्रकाश पार्दै, नेपाल तामाङ कलाकार संघ युएई, विभिन्न संघ संस्था वा समाजहरुसंग प्रतिस्पर्धा र बिरुद्धमा स्थापना गरेको नभईकन तामाङ जातिको मात्रै पनि नभई सिंगो नेपालकै कला र संस्कृतिलाई जगेर्ना गर्नुका साथै प्रबद्र्धन गर्न खोलिएको बताए। साथै नेपाल तामाङ कलाकार संघ युएई, युएईमा क्रियाशील रहेका सबै सामाजिक संघ संस्थाहरुसंग सहकार्य गर्दै सशंक्त रुपले अगाडि बढ्ने कुरामा पनि जोड् दिदै नेपालीहरुलाई आईपर्ने समस्याहरुमा पनि सक्दो सहयोग गर्ने समेत बताए। 
 
नेपाली जनसम्पर्क समिति युएईका महामन्त्री समेत रहेका संरक्षक तथा सल्लाहकार बिमल तामाङले नवगठित तदर्थ समितिलाई शुभकामाना दिदै स्थानीय धेरै कलाकारहरु कला र गलाले भरिएको तर आ–आफ्नो कला प्रस्तुत गर्ने मौका नपाएको कलाकारहरुलाई प्लेटफमको रुपमा उपयोग हुन सक्ने बताए। उनले तामाङ समाज युएईसंग हरेक कार्यमा हातेमालो गर्दै अगाडि बढ्नका लागि समेत सुझाव दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ