arrow

पैसा गायकले प्रेममा धोका पाए(भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1493361774.jpeg
काठमाडौं । ‘पैसा कसले बनायो’ बोलको गीतबाट चर्चामा आई ‘पैसा गायक’का रुपमा चिनिएका  दिनेश गौतमले नयाँ एल्बम ‘धन’को ‘मोरीले भेट्छु भनी’ बोलको गीतको भिडियो संगीत पारखीमाझ ल्याएका छन् । 

गीतमा शब्द÷संगीत पुस्तक प्रसाद र एरेन्ज उदयराज पौडेलको छ । पछिल्लो यो गीत अन्य गीतभन्दा फरक रहेको गायक गौतमले दावी गरे । गौतमले हालसम्म आफ्नो स्वर तथा संगीतमा निष्ठुरी, पैसा, रुपैयाँ, चुपचाप, प्रजुशा, प्रभाव, माफ गर लगायतका ११ वटा एल्बम बजारमा ल्याइसकेका छन् । पछिल्लोपटक सार्वजनिक गीतको म्युजिक भिडियो यु–ट्युबमा हेर्न सकिन्छ ।

रविन्द्र बरालको निर्देशन÷छायांकनमा तयार भएको भिडियोमा आयुष रिजाल र अनु शाहको अभिनय छ । यस भिडियोका लागि भिजन नेपाल फिल्मस्ले बजार व्यवस्थापन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ