arrow

नक्कली विल बनाई भ्रष्टाचार गर्नेविरुद्ध अख्तियारको मुद्दा

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गैरसरकारी संस्थासँग मिलेमतो गरी अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलसहित सिएलसी फेडेरेसन नेटवर्क रौतहटका पदाधिकारीसँग मिलेमतो गरी रु ४७ लाख ३६ लाख ६५० भ्रष्टाचार गरेको पाइएको हो । यसैगरी आयोगले लेखापाल नर्मदा आचार्य, सिएलसी फेडेरेसन नेटवर्क तथा शिक्षक रन्जनकुमार कर्ण, शिक्षक तथा सोही संस्थामा आबद्ध जयप्रकाश यादव र कोषाध्यक्ष एवम् प्रेमशङ्कर मिश्रले पनि रु ४७ लाख ३६ हजार ६५० भ्रष्टाचार गरेको अनुसन्धानका क्रममा खुलेको छ ।  
 
अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता कार्यक्रम सञ्चालन अभियान कार्यक्रमका लागि प्राप्त भएको रकम कार्यक्रम सञ्चालन नै नगरी नक्कली बिल तथा भर्पाइ बनाई हिनामिना गरेको पाइएको छ । आयोगले उनीहरु सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ