arrow

४० हजार मानव हड्ड़ीहरुबाट बनेको अद्भुत चर्च

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
church.jpg.jpeg

एजेन्सी। यो कुरा सुन्दा पनि तपाईलाई अचम्म लाग्न सक्छ कि कुनै चर्च मानव अस्थिपंजरबाट भन्न पनि सक्छ भनेर। तर यो अकल्पनिय सत्य हो कि विश्वमा यस्ता मानव निर्मित इतिहासहरु पनि छन्। सेडलेक आस्युअरी नाम गरेको यो चर्च यूरोप महादेशको चेक गणराज्यमा अवस्थित छ। यस चर्चमा ४० हजार मानव हड्ड़ीको कलात्मक रुपले सजाएर राखिएको छ। त्यसैले यसलाई द चर्च अफ बोन पनि भन्ने गरिन्छ। 

१३ ‌‌औँ शताब्दीमा हेनरी फिलिस्तीन नामका पादरीले प्रभु इशुलाई सुलीमा चडाइएको ठाँउबाट माटो लिएर आएका थिए। पादरी हेनरीले त्यस माटोलाई चेक गणराज्यको सेडलेक चर्चको छेउछाउमा राखेका थिए ताकि चर्च धेरै पवित्र भनोस् भनेर।पछि त्यहि स्थानको वरिपरी मानिसलाई गाड्न थाल्यो।

१४ औ र १५ औ शताब्दी तिर प्लेगको विमारी र युद्धका कारण मान्छेको मृत्युदर बढ्यो। उक्त समयमा अति ठुलो महामारी भएकाले कुनै पनि निजिको क्षेत्रमा गाड्ने खाली ठाँउ भएन। त्यस पश्चात मानव अस्थिपंजरबाट यो चर्चको निर्माण कार्य शुरु गरिएको मान्यता छ। त्यहि क्रममा सन् १८७० सम्म आइपुग्दा यस आस्युअरी चर्चमा ४० हजार हड्ड़ीहरुको कलात्मक रूपले सजाइएको थियो। हरेक वर्ष यो अद्भुत चर्च हेर्न संसारभरबाट लाखौ पर्यटक आउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ