arrow

सामसुङ विरुद्ध उत्रिए पेले

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
Samsung-ad.jpg.jpeg
एजेन्सी । ब्राजिलका महान् फुटबल खेलाडि पेलेले  इलेक्ट्रोनिक्स कम्पनी सामसुङ विरुद्ध मुद्दा हालेका छन्। सामसुङले न्यूयोर्क टाइम्समा प्रकाशन गरेको अल्ट्रा एचडी टिभीको विज्ञापनमा आफ्नो अनुमति बिनै आफ्नो जस्तै तस्विर प्रयोग गरेको भन्दै पेलेले सामसुङ विरुद्ध मुद्दा ठोकेका हुन्।
 
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको शिकागोस्थित जिल्ला अदालतमा पेलेले मुद्दा दायर गर्दै सामसुङबाट कम्तिमा ३ करोड  अमेरिकी डलर क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन् ।
 
आफ्ना उत्पादनहरुमा पेलेको तस्वीर प्रयोग गर्ने विषयमा सन् २०१३ मा भएको छलफल असफल भएसँगै सामसुङले पेले जस्तै देखिने मानिसलाई विज्ञापनमा देखाएको हो । 
 
विश्वका विभिन्न ब्राण्डहरुको मार्फत पैसा लिइ रहेका पेलेले सामसुङको पछिल्लो कदमबाट आफ्नो अधिकार हनन भएको र आफुले सामसुङका उत्पादनलाई  समर्थन गरेको भन्ने भ्रम उपभोक्तामा जाने उनको दाबी छ । 
 
पेलेको तर्फबाट उनको आइपी अनरसिप एलएलसीले मुद्दा दायर गरेको छ । यसले पेलेको ट्रेडमार्क तथा प्रकाशन अधिकारको स्वामित्व लिएको छ । पेलेले सामसुङबाट क्षतिपूर्ति पाउनुपर्ने र भविष्यमा आफ्नो तस्विर अनुमति बिना प्रयोग गरिन रोक लगाउन पनि माग गरेका छन्।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ