arrow

ओली रिसाउने गरी पुनःनिर्माण प्राधिकरण सीइओले के विगारे ?

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
CEO-gywali-new.jpg.jpeg
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि गठित पुनःनिर्माण प्राधिकरण र जिल्लास्थित सरकारी निकायलाई अल्छिको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफैले योग्य भनि राखेका व्यक्तिसंग झोंकिन थालेका छन् । गएको मंगलबार मात्रै ओलीले काठमाडौंमै भएको भूकम्प पीडित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास अधिकारीहरुको भेलामा झोंकिदै कछुवा गतिमा पुनःनिर्माणको काम दशकौं सम्म नसकिने भनेका थिए । पुनःनिर्माण प्राधिकरणको परामर्श र निर्देशक दुवै समितिको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अल्छि पाराको काम आफुलाई मन नपर्ने भनेपछि प्रजिअ र एलडीओहरु ट्वाल्ल परेका थिए । 
 
त्यतिमात्र, नभई प्रधानमन्त्री ओली आफैले ल्याएका पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीसंग समेत सन्तुष्ट छैनन् । ज्ञवालीले आफुले सोचे अनुरुपको काम गर्न नसकेको असन्तोष ओलीले लुकाउन सकेनन् ।  प्रधानमन्त्रीको नीजि मामिलाबाटै पुनःनिर्माण कार्यमा भइरहेको ढिलाई र प्राधिकरण लगायत सरकारी संयन्त्रको कार्यशैलीप्रति असन्तुष्ट रहेको खुल्न आएको छ । 
 
ओलीका एक सहयोगीले भने, ‘काम अघि बढेको छैन, पुरानै व्यूरोक्र्याट संरचना छ, त्यो कहिल्यै अपडेट भएर जाँदैन, कमर्चारी नपाउने र नआउनेको समस्याको कुरै गरी साध्य छैन ।’ ३ जना सह–सचिव प्राधिकरण आउन नमानेर बाटैबाट सुरुवा मिलाएर अन्तै गएको सम्झँदै उनले थपे, ‘भएका पनि कोही आउँछन्, कोही आउँदैनन् ।’ स्थानीय निकायको निर्वाचन नभएसम्म र जनप्रतिनीधि नआए सम्म स्थिति यस्तै हो ।
 
प्राधिकरण समेत पावर सेयरिङ्गको मोडालिटीमा गयो । उनले भनेका छन्, ‘प्राधिकरणले सहजिकरण मात्रै गर्नु पर्नेमा इम्पिलिमेन्टेशनको काम समेत आफै गर्छु भन्दै हिँड्न थाल्यो, अनि कसरी हुन्छ काम ? सहज ढुंगले काम हुन नसकेपछि प्रधानमन्त्री रिसाउँदैनन् त ? आवश्यक र सुहाउने कुरा गर्नु पर्दछ ।’ सहजिकरण गर्नेले नै म सारा काम भ्याउँछु भनेर कहाँ हुन्छ ? प्राधिकरणबाटै चलायमान काम हुनु पर्नेमा प्रधानमन्त्रीको जोड छ– उनले भने । 
 
ओली रिसाउने गरी प्राधिकरण सीइओले के विगारे ? 
प्रधानमन्त्री ओलीले नै नगर विकास कोषको कार्यकारी निर्देशकको जागिर खाँदै गरेका सुशील ज्ञवालीलाई छनोट गरी प्राधिकरणमा भित्र्याएका हुन् । अझ भन्दा ओलीका विश्वासपात्र अर्थमन्त्री विष्णु पौडेलमार्फत ज्ञवाली योग्य छन् भन्ने बुझेरै ओलीले ज्ञवालीलाई छानेका हुन् । ज्ञवाली एक प्रशासक मात्रै होइनन् इन्जिनियर समेत हुन् । बुटबलको शहरीकरणमा उनको भारी योगदान छ, जहाँ अर्थमन्त्री पौडेलको पनि नाम जोडिन्छ । तर, ज्ञवालीप्रति पछिल्लो समय ओली रिसाउनुमा केही आन्तरिक कारण रहेका खुलेको छ । प्रधानमन्त्रीकै स्वकियले दुई दिनअघि ओली ज्ञवालीसंग प्राधिकरणको कामकारबाहीकै कारण रिसाएको बताएका थिए । उनका अनुसार प्राधिकरणले एउटै बोलपत्र आव्हानको सूचना तीन पटक प्रकाशन गर्नु परेकोबारे समेत असन्तोष जनाएका छन् । 
 
यस्तै, प्राधिकरणको काम कारवाही र समन्वयबारे समेत ओलीले टिप्पणी गरेका छन् । प्राधिकरणले फागुन पहिलो साता प्रकाशन गरेको बोलपत्र आव्हानको एउटै सूचना तीन पटक प्रकाशन गरेको छ । प्राधिकरणको लेखा शाखाले पहिले १ महिना अवधिको सूचना निकालेको र चैत पहिलो साता सोही बोलपत्रको संशोधन निकालेको बताएको छ । यस्तै, प्रधानमन्त्रीको असन्तुष्टीपछि सोही बोलपत्रको म्याद थप सूचना प्रकाशन गरेको बुझिएको छ । अनलाइन सिस्टम नभएका कारण म्याद थपको सूचना प्रकाशन गरेको लेखा शाखाले जनाएको छ । 
 
सूचनाबारे अनविज्ञता 
प्राधिकरणका एक कर्मचारीले पहिलो सुचना फागुन ५ देखि चैत ५ सम्मका लागि प्रकाशन भएको जानकारी दिए । यद्यपि, फागुन ५ को गोरखापत्रमा प्राधिकरणको कुनै सूचना छैन । प्राधिकरण प्रशासनले आफुहरुलाई त्यसबारे जानकारी नभएको प्रतिक्रिया दियो । लेखा अधिकृतले त्यसको मिति खोज्न समय लाग्ने जवाफ दिए । प्राधिकरणको संचार क्षेत्र हेर्ने भुवन केसी समेत यस विषयमा अनविज्ञ रहे । 
 
केका लागि आव्हान भो बोलपत्र ? 
प्राधिकरण प्रयोजनको लागि गाडी, भ्यान, ट्याक्सी, मोटरसाइकल र कम्प्युटर लगायतका जीन्सी सामान खरिदका लागि बोलपत्र आव्हान भएको बताइएको छ । कर्मचारीले १ महिनाको सूचना प्रकाशन भएको बताएपनि स्रोतका अनुसार थोरै समयको सूचना प्रकाशन भएकाले केही सप्लायर्सले छोटो समयको सूचनामा आफुहरुले टेण्डर हाल्न नपाएको भन्दै प्रधानमन्त्रीलाई घेरेपछि प्राधिकरण सीइओप्रति ओली झोंकिएका हुन् । प्रधानमन्त्रीको असन्तुष्टी र कार्य सम्पादनबारे प्राधिकरण सीइओ ज्ञवालीसंग कुरा गर्न खोज्दा व्यस्त रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ