arrow

बालिका वधु' मा आनन्दीको भूमिका निर्वाह गर्दै आएकी प्रत्युषा बनर्जीले गरिन् आत्महत्या

logo
प्रकाशित २०७२ चैत २० शनिबार
saloni-sharma__1459577212.jpg.jpeg
एजेन्सी।  भारतीय टेलिभिजन कलर्सको चर्चित धाराबाहिक श्रृंखला 'बालिका वधु' मा आनन्दीको भूमिका निर्वाह गर्दै आएकी कलाकार प्रत्युषा बनर्जीले शुक्रबार  आत्महत्या गरेकी छन् ।  उनी आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेकी  थिइन् । ब्वाई फ्रेन्ड राहुल राज सिंहसँग झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने् भारतीय सञ्चामाध्यले जानएका छन् । 
 
उनि  झुन्डिएको थाहा पाएपछि उनलाई राहुल राजले मुम्बईको कोकिला बेन अस्पतालमा भर्ना गरेका थिए । जहाँ उनलाई डक्टरको टोलीले मृत घोषित गरिदिए । पुलिसले राहुल, प्रत्युषाका भान्सेर र उनका केही साथीसँग घटनाबारेमा बयान लिइरहेको छ। 
 
प्रत्युषाको यस अात्महत्यमलाई लिएर उनका साथी कलाकारहरुले आत्महत्या गर्नै नसक्ने बताएका छन् । कलाकार सारा खानले उनी  एक मजबूत लक्ष्य भएकी युवती थिइन् । उनले आत्महत्या गर्नै सक्दिनन्  भनिन्। प्रत्यूषाको मृत्युको खबरपछि भारतीय टेलिभिजन उद्योगमा शोक छाएको छ । 
 
उनकी साथी कलाकार काम्या पञ्जाबीले आफू यसबारे केही बोल्नै नसक्ने अवस्थामा रहेको बताएका छन् । प्रत्युषा 'बालिका बधु' मा 'आनन्दी' को भूमिकाबाट चर्चामा आएकी थिइन् । उनले रियलिटी शो 'बिग बोस-७' मा पनि भाग लिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ