arrow

बेहुलीको भेषमा गरियो प्रत्यूषाको अन्त्येष्टी, सहभागी भएनन् प्रेमी रोहितराज !

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
pratyusha.jpg.jpeg
एजेन्सी । भारतीय टेलिभिजिनबाट प्रशारण हुने चर्चित धारावाहिक सिरियल ‘बालिका बुधु’ मा ‘आनन्दी’को भूमिकामा अभिनय गरेर चर्चामा आएकि प्रत्युषा बनर्जीको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको छ । प्रत्युषालाई बेहुली झैं गरगहना सहित सिंगारेर अन्त्येष्टि गरिएको हो । उनको शव बिद्युतिय प्रविधिवाट अन्त्येष्टि गरिएको हो । 
 
भारतिय सञ्चारमाध्यमका अनुसार अन्त्येष्टिमा परिवारका सदस्यको साथै नजिकका मित्रहरु उपस्थित थिए । तर पुलिसको घेरामा रहेका उनका प्रेमी रोहितराज भने अन्त्येष्टिमा सहभागी भएनन् ।
 
कलाकारहरु राखी सावन्त, काम्या पञ्जाबी, रतन राजपूत, गजेन्द्र चौहान, जय भानुशाली, माही विज, शिल्पा अग्निहोत्री लगायतको अन्त्येष्टिमा  सहभागिता रहेका थियो ।
 
प्रत्युषाको मिल्ने साथीहरुका अनुसार उनी विवाहको तयारीमा थिइन् । डिजाइनर रोहित वर्माले उनको विवाहका लागि लेहंगाको डिजाइन समेत तयार पारेका थिए । त्यसै कारणले प्रत्युषाका साथिहरुले उनलाई बेहुलीको भेषमा अन्त्येष्टि गर्ने निर्णय गरेका हुन् ।  प्रत्युषा शुक्रवार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ