arrow

विश्वकै शक्तिशाली रुसी राष्ट्रपति पुटिनको प्रेमिका शौख

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
putingirlfrind.jpg.jpeg
एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २३ बर्षीय एलिशा खार्चेवासँग प्रेमको चर्चा हुन थालेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति पुटिनले मस्को नजिकै ब्यूटी क्वीन एलिशा खार्चेवाको लागि सुविधा सम्पन्न फ्ल्याट गिफ्ट दिएका छन्। एलिशा उमेरमा पुटिन भन्दा चालीस वर्ष कान्छि छिन्।
 
एलिशा खार्चेवा सन् २०१० मा एक सेक्सी क्यालेन्डरमा देखिएकी थिइन्। सन् २०१० मा मस्को स्टेट यूनिभर्सिटीको एक विद्वार्थी समूहले पुटिनको ५८ औ जन्मदिनको अवसरमा उनलाई  क्यालेन्डर गिफ्ट दिएको थियो। क्यालेन्डरको अप्रिल महिनाको पेजमा खार्चोवाको तस्वीर रहेको छ। क्यालेन्डरमा उनि कामुक लुक्समा देखिएकी छन्। सोहि क्यालेन्डरमा पुटिनले खार्चोवालाई पहिलो पटक देखेका हुन्।
 
यसपछि पुटिनको ६० औ जन्मदिनको अवसरमा खार्चोवाले व्यक्तिगत ब्लगमा उनले बिरालोसँग पोज दिए फोटो राखिन्। खार्चोवाले यसलाई  'पूसी फर पुटिन' टाइटल दिइन्। तर, पछि यो फोटोलाई उनले डिलिट गरिन्। उनले ब्लग पोस्टमा पुटिन एक फेन्टास्टिक मानिस भएको उल्लेख गरेकी थिइन्। खार्चोवाले एक समाचार संस्थालाई पुटिनको काम प्रतिको लगाव मलाई मन पर्छ। पुटिनको  सेन्स फर ह्यूमर मन पराउछु- भनेकी थिइन्।
 
समाचार संस्था रोयटर्सका अनुसार पुटिनले खार्चोवालाई आफ्नो नजिकका व्यापारी ग्रिगोरी बेवस्कीको माध्यवाट फ्ल्याट दिएका हुन् । ग्रिगोरीले खार्चोवाका साथै अन्य चार महिलाहरुको लागि पनि फ्ल्याट उपलब्ध गराएका छन्। खार्चोवा वाहेक फ्ल्याट पाउनेमा एना जेत्सेपिलीना, लेसन काबेवा र कैटरीना तिखोनोवाको नाम रहेको छ। 
 
काबेवाको नाम बिगत आठ वर्षदेखि पुटिनको प्रेमिकाको रुपमा जोडिदै आएको छ। तिखोनोवा पुटिनको सीक्रेट छोरी रहेको खुलेको छ। सुरक्षाको हिसावले पुटिन निकै संवेदनशील मानिन्छन्। अनेक शौख राख्ने पुटिन विश्वकै शक्तिशाली राष्ट्रपति गनिन्छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ