arrow

बार निर्वाचन : फर्जि मत खसाल्न खोज्ने ज्ञवालीलाई सार्वजनिक अपराधको कारबाही माग

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
nepal-bar-new.jpg.jpeg
काठमाडौं । नेपाल बार एसोसिएशनले शनिबार सम्पन्न भएको निर्वाचनमा शान्ति सुरक्षामा गम्भीररुपमा अवरोध गरेको भन्दै सागर ज्ञवालीलाई सार्वजनिक अपराधमा कारबाही गर्न माग गर्दै प्रहरी कार्यालयमा उजुरी दायर गरेको छ । 
 
बारका महासचिव सुनिलकुमार पोखरेलले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा दर्ता गरेको उजुरीमा निर्वाचनमा गुल्मी जिल्ला लिम्घा गाविस घर भएका ज्ञवालीले कानुन व्यवसायी शैलेशकुमार अर्यालको नामबाट मत खसाल्न प्रयास गरेकाले सार्वजनिक अपराधमा कारबाही माग गर्दै उजुरी गरेको उल्लेख छ । 
 
नक्कली मतदाता बनी काठमाडौँ मतदान केन्द्रमा प्रवेश गरी बुथ नं ३ मा मतदान गर्न खोजेको बारले ज्ञवालीलाई आरोप लगाएको छ । ज्ञवालीले पुनरावेदन बार इकाइ, पाटनबाट नक्कली प्रमाणपत्र बनाएको बताइएकोे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ