arrow

बेलायत पुग्छन् भारतमा बेचिएर नेपाली बालबालिका

भुकम्पबाट बाँचेका बालबालिका अर्को दलदलमा

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
makhha_Singh.jpg.jpeg
काठमाडौं। बैशाख १२, २०७१को महाभुकम्पको १ बर्ष हुन लाग्दा बेलायती पत्रिका 'द सन्'ले नेपाली बालबालिकाहरु भारतबाट बेलायतकालागि बिक्री हुने खुलासा गरेको छ। भुकम्पबाट बाँचेका बालबालिकाहरुलाई भारतको जालन्धरमा मख्खन सिंह नाम गरेका ब्यक्तीले बेच्ने गरेको खुलासा 'दि सन'को विशेष टोलीले गरेको अनुसन्धनात्मक रिपोर्टिङका दौरान बाहिर आएको हो। 
 
८ लाख रुपियामा नेपाली तथा भारतीय बालबालिका बेच्ने गरेको मख्खन सिंहले धेरै बालबालिका बेलायतीले घरको काम गर्नकालागि खरिद गरिसकेको  बताएका छन्। उनले नेपाली बालबालिका घरेलु दासकालागि राम्रो हुने बताउने गरेका छन्। नेपालीहरु काम गर्न सक्छन् र केही बेलायत पुगिसकेको पनि बताएका छन्। 
 
भुकम्पबाट बाँचेका टुहुरा बालबालिकाहरु बेचिने गरेका छन्। नेपालबाट उनीहरुलाई भारत पुराउने गिरोहले उता भारतमा बेच्ने गरेका छन्। 
यसरी बालबालिका बिक्री गर्नेहरुले धनीहरुलाई बेच्छन र कागजपत्र बनाएर बेलायत पठाउने गरेका छन्। मख्खन सिंहले आफ्नो काम बेच्ने हो र कागज पत्र तिमीहरुको जिम्मेवारी हो भन्ने गरे पनि कागज पत्र बनाउने गिरोह पनि भारतमा उतिकै सक्रिय रहेको छ। 
 
'दि सन्'का पत्रकारले आफुलाई धनी सिख परिवारको बनाएर मख्खन सिंहलाई भेट्न गएका थिए। उनले परिवारमा बिरामी श्रीमती रहेको बताएपछि सिंहले नेपाली बालबालीका किन्न सुझाएका थिए। धेरै नेपालीहरु बेलायत पुगिसकेका छन् । नेपालीहरु राम्रो काम गर्छन् र कुरा बुझाउन पनि सजिलो रहेको बताएका थिए। 
 
कागजपत्रकालागि केही समय लाग्ने भए पनि धेरै बालबालीका बेलायत पुगिसकेका छन्। कागजपत्रकालागि मान्छे रहेको र केही समय लाग्ने भएपनि बालबालिकाहरु किनेर बेलायत पुगिसकेको कुरा बताउँदा सिंहले तीन जना बालबालिकाहरु देखाउँदै तीनको स्वास्थ्य राम्रो रहेको र किन्न सुझाव दिएका थिए। 
 
ईङल्याण्डकी गृह सचिवले सन पत्रिकाको समाचारका आधारमा अनुसन्धान गर्ने बताएकी छिन्। बालबालीका किनबेच हुने गरेको कुराको सुचना पत्रिकाले सरकारलाई दिएर सहयोग गर्न पनि आग्रह गरेकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ