arrow

बार चुनावमा फर्जी मतदाता!

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
bar.jpg.jpeg
काठमाडौं। नेपाल बारको शनिवार सम्पन्न निर्वाचनमा अर्कैको नाममा फर्जी भोट हाल्न मतदान केन्द्र पुगेको आरोपसहित ती व्यक्तिमाथि कारबाहीको माग राखेर बार महासचिव सुनिकलकुमार पोखरेलले आइतबार प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन्। अन्नपूर्ण पोस्टमा दैनिकमा समाचार छ। 
 
पुनरावेदन अदालत पाटन बार इकाइको नक्कली परिचय पत्र बनाएर गुल्मी लिम्घा घर भई हाल काठमाडौं बस्ने सागर ज्ञवालीले सर्वोच अदालतको पछाडि रहेको सिंहदरबारतर्फको ३ नम्बर बुथमा फर्जी मत खसाउने प्रयास गरेको दाबी जाहेरीमा छ। 
 
पाटन बारमा बामपन्थी निकट प्रगतिशील समूहको वर्चस्व छ। वास्तविक मतदाता रहेका अधिवक्ता शैलेशकुमार अर्यालको कानुन व्यवसायी प्रमाणपत्र (८८५५नम्बर) बनाएर ज्ञवालीले मत खसाउने दुस्प्रयास गरेको भन्दै जाहेरीमा कारबाहीको माग गरिएको छ। 
 
गुल्मी जिल्ला प्रशासनबाट जारी भएको नागरिकता प्रमाणपत्र नम्बर ४१३०५१ का आधारमा ज्ञवाली काठमाडौं महानगरपालिका ३२ बस्ने देवीदत्त उपाध्यायका छोरा रहेको जाहेरीमा उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ