arrow

५० हजार वैध कामदार मलेसियाबाट फिर्ता

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
malaysia-hotels.jpg.jpeg
मलेसिया। मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसिया आउन बन्द गरेसँगै यहाँको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि भएको छ । एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेको समाचार आजको अन्नपूर्णपोस्टमा अर्जुन काफ्ले लेखेकाछन्।
 
मलेसियामा चार लाख ८३ हजार नौ सय आठ नेपाली श्रमिक वैधानिक रूपमा काम गरिरहेको अध्यागमन विभागको तथ्यांकमा छ । मलेसियाबाट एक महिनाको अवधिमै ५० हजारभन्दा बढी नेपाली घर फर्किएको वा अवैधानिक भएको भन्ने विषयमा अध्यागमनले स्पष्ट पारेको छैन ।
 
मलेसियामा रोजगारी छाड्ने नेपालीको संख्या अन्य देशका श्रमिकभन्दा धेरै छ । करिब ५० हजारभन्दा धेरै नेपाली श्रमिकले मलेसियाको वैधानिक रोजगारी छाडेका छन् । नेपाली कामदारको यो तथ्यांकले पनि मलेसियामा आउनेभन्दा स्वदेश फर्कने धेरै भएको पुष्टि हुन्छ ।
 
मलेसियामा बढेको लेबी, महँगी र असुरक्षाका कारण उनीहरूले रोजगारी छाडेका हुन् । पहिलाको दाँजोमा आम्दानी कम हुने र रेमिटेन्सको कमीका कारण पनि रोजगारी छाड्नुपरेको हो । मलेसियाको रोजगारी छाडेर नेपाल फर्कन लागेका उदयपुरका प्रकाशपुष्पक राईका अनुसार विभिन्न नाममा काटिने लेबीदर वृद्धि भएपछि नेपाली फर्कन लागेका हुन् ।एक महिनामा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेका छन् ।
 
मलेसियामा विदेशी श्रमिकको न्यूनतम तलब नौ सय रिंगेट छ । मार्चदेखि मलेसिया सरकारले विदेशी कामदारले तिर्दै आएको लेबी वृद्धि गरेसँगै रोजगारी छाड्ने नेपालीको संख्या बढेको हो । मलेसिया सरकारले अप्रिलबाट सबै विदेशी श्रमिकको न्यूनतम तलब एक हजार रिंगेट बनाउने घोषणा गरेको छ । तलब बढे पनि होस्टेल, पानी, बत्तीलगायतको रकम कम्पनीले श्रमिकबाट असुल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ