arrow

आमाछोरी सँगै परीक्षामा

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
District-52-Pyuthan-hamrakura.jpg.jpeg
प्यूठान । प्यूठानको दुर्गम क्षेत्र मानिने दाङ्वाङ–७ का आमाछोरीले विद्याध्ययनका लागि उमेरले कुनै असर नगर्ने बताएका छन् । यस पटकको एसएलसी परीक्षामा सहभागी भएका आमा नर्मता कर्णेल र छोरी वसन्ता कर्णेलले पढ्नेका लागि उमेरले नछेक्ने बताएका हुन् । विसं २०३६ देखि लगातार एसएलसी परीक्षामा सहभागी हुँदै आएकी आमा नर्मताले यसपटक छोरीसँगै परीक्षा दिन पाउँदा आफूलाई खुसी लागेको समेत बताइन् । “एकपटक फेल भएमा महिलाले पढ्न छोड्छन्,” नर्मताले भनिन् – “पढ्न र सीप सिक्नका लागि उमेरले छेक्दैन । फेल हुँदैमा वा उमेरका कारण लाज मानेमा हाम्रो शिक्षामा पहुँच पुग्दैन ।” 
 
दाङ्वाङ स्वास्थ्य चौकी दाङ्वाङमा पछिल्लो २१ वर्षदेखि मातृशिशु कार्यकर्ताका रुपमा स्थायी जागिर गर्दै आएकी  आमा नर्मताले यसपटक छोरी वसन्तासँगै एसएलसी परीक्षा दिँदै आएकी छन् । तीन सन्तानकी आमा नर्मताका श्रीमान् झविलाल कर्णेलले पनि लालमटिया स्वास्थ्य चौकी भालुवाङमा अहेबका रुपमा काम गर्दै छन् । विसं २०१७ जेठ ४ गते दाङ्वाङ–७ प्यूठानमा जन्मएकी नर्मताले लामो समयदेखि पढ्नमा देखाएको रुचिले यस क्षेत्रमा महिलामा समेत केही गर्नुपर्ने धारणा आएको बरौला परीक्षा केन्द्रका केन्द्राध्यक्ष तिलमराम पाण्डेले बताए । 
 
जेठो छोरा निमानन्द कर्णेलले हाल बिबिए उत्तीण गरी डिग्री पढ्दै गरेको आमा नर्मताले बताइन् । दाङ्बाङ माविमा अध्ययन गर्दै आउनुभएकी आमा नर्मताले मोति उच्च मावि, बरौला परीक्षा केन्द्रबाट र १९ वर्षीया छोरी वसन्ताले भानुभक्त उच्च मावि बर्बोटबाट एसएलसी परीक्षा दिँदै छन् । छोरी वसन्ताले आमा र आफूले सँगै एसएलसी परीक्षा दिँदा आफूहरुको तयारीमा समेत सहयोग पुगेको बताइन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ