arrow

देउवाको मनोनयन दर्ता, पद्मनारायण बने समर्थक, रामचन्द्रलाई ठूलो झट्का

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
deuba.jpg.jpeg
काठमाडौंं । कांगेस संसदीय दलको नेताको चुनावका लागि सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर देउवाले मनोनयन दर्ता गराएका हुन् । देउवाको मनोनयन दर्तामा प्रस्तावक फरमुल्लाह मन्सुर रहँदा समर्थक पद्मनारायण चौधरी रहे । यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत मनोनयन दर्ता गराएका छन् । पौडेलको प्रस्तावक र समर्थकमा पूर्व महामन्त्री प्रकाशमान सिंह र वर्तमान महामन्त्री सशांङ्क कोइराला रहे । 
 
चौधरीको समर्थनले रामचन्द्र पौडेललाई ठूलो धक्का लाग्ने देखिएको छ ।  तत्कालिन संस्थापन पक्षमा रहेका मन्सुरले समेत अन्तिम समयमा आएर महाधिवेशनमा देउवालाई सघाउने घोषणा गरेका थिए। १२औं महाधिवेशनमा दिवंगत पूर्व सभापति सुशील कोइराला पक्षबाट महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी उम्मेद्वार थिए।  देउवा पक्षबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव थिए । यादव निर्वाचित भइन् । चौधरी पराजित भए । १३औं महाधिवेशनमा भने देउवा पक्षबाट सिराहाकै चित्रलेखा यादव, पौडेल पक्षबाट सीतादेवी यादव र सिटौला समूहबाट उमाकान्त चौधरी कोषाध्यक्षका उम्मेद्वार थिए । पद्मनारायण चौधरी पनि सिराहाकै हुन्।
 
यसअघी काँग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा पनि चौधरी तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलसँग असन्तुष्ट भएका थिए। उम्मेदवारी घोषणा गर्दा रामचन्द्र पौडेलले कोषाध्यक्ष खालि राखेपछि अघिल्लो महाधिवेशनमा संस्थापनबाट कोषाध्यक्षका उम्मेदबार बनेका पद्यमनारायण चौधरी असन्तुष्ट बनेका थिए। उनले तराई–मधेसका बासिन्दालाई निश्चित स्वार्थपुर्ति गर्नमात्र प्रयोग गर्ने गरेको बताए। उनले सबै मुख्य पार्टीमा यस्तो समस्या रहेको बताए। उनले पौडेलप्रति असन्तसष्टि पोखेका थिए। 
 
पार्टीका नेताहरुको प्रवृत्ति प्रयोग गर्ने खालको मात्र भएको उनको टिप्पणी थियो। पौडेलले आफ्नो समूह घोषणा गर्नुअघिसम्म चौधरीलाई कोषाध्यक्षको उम्मेदबार बनाउने आश्वासन दिएपनि उनलाई पछि उमेद्वार बनाइएन। बरु उनलाई पदाधिकारीहरुको प्रस्तावक बनाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ