arrow

लुटबाट जोगिने जुक्ति सिकाइन् आमाले, ‘पैसा बैङ्कबाट पठाउनु है छोरा’

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
doteli-news-Women.jpg.jpeg
डोटी । भुमिराजमाण्डौं गाविस–४ कि धर्मा नेपालीले भारतको लुधियानामा रहेका आफ्ना छोरा डबलबहादुर नेपालीलाई फोन गरिन् । सामान्य हाल खवर सोधिसकेपछि धर्माले आफ्नो छोरालाई भनिन् ‘पैसा बैङ्कबाट पठाउनु है ।’  उनले भारतबाट नगदै रुपैँया बोकेर आउने व्यक्तिहरु बाटोमा लुटिने र हत्या समेत हुने घटना सुनेपछि दिपायलमा रहेको मालिका विकास बैङ्कमा आफ्नो नामा खाता खोलिन् । खाता नम्बर उनले छोरालाई टिपाईन । उनि भन्छिन् ‘छोरा पुसमा गएको हो, अहिले पैसा पठाएको छैन तर, अब पठाउँदा खातामै पठाउनु भनेकी छु ।’ यसअघि पनि भारतमा लामो समय बसेका छोराले पैसा घर आउँदा आफै बोकेर ल्याउने र उताबाट पठाउँदा आफन्तहरुसंग पठाउने गरेका थिए । 
 
कपल्लेकी गाविस–५ कि बाटु पार्कीले मुम्बइमा रहेका छोरा धनबहादुरलाई फोन गर्दै भनिन् ‘बिरानो ठाउँमा नगद पैसा आफुसंग नराख्नु, मैले बैङ्कमा खाता खोलेकी छु, त्यसैमा पठाइदिनु ।’ गत जेठमा रुपैंया जोह गर्न  लागि भारत गएका धनबहादुरले पनि आमाले भने अनुसारनै बैङ्कमार्फत आमालाई पैसा पठाए । 
अचेल गाउँका महिलाहरु कामको सिलसिलामा भारतमा रहेका आफन्तहरुलाई फोन गरेर पैसा बैङ्क मार्फत पठाउन आग्रह गर्न थालेका छन् । रुपैंया मात्रै होइन प्रवासमा बस्दा र बाटोमा आउँदा–जाँदा पर्न सक्ने समस्याहरुका बारेमा समेत महिलाहरुले आफन्तलाई फोनबाटै जानकारी गराउने गरेका छन् । ‘बाटोमा आउँदा अपरिचित मान्छेले दिएको खानेकुरा नखानु, बाटोमा जाँड रक्सी नखानु भनेर सम्झाएँ’ धर्मा भन्छिन् ‘त्यहाँबाट ठुलो भारी बनाएर नल्याउनु, सामान यतै पाइन्छ बरु यतै किनौला भनेकी छु ।’
 
महिलाहरुले आफ्ना श्रीमान्, छोराहरुलाई फोन गरेर सम्झाउने गरेको बताउँछिन कपल्लेकी–५ की ईन्द्रादेवी मल्ल । उनी भन्छिन् ‘बाटोमा चोरीका घटनाहरु बढ्न थालेका छन्, त्यसैले आफन्तहरुलाई सम्झाउनु परेको हो ।’ उनले अहिले अधिकांश मान्छेहरुले बैङ्क मार्फतनै पैसा पठाउने गरेको बताइन् । ‘धेरैले आफ्नै खाता खोलेका छन’ ईन्द्रा भन्छिन् ‘खाता नखोलेका व्यक्तिहरुले समेत आइएमई गरेर बैङ्कबाटै पैसा पठाउने गरेका छन् ।’ 
 
आफुहरुलाई खाता खोल्नु पर्ने र भारत लगायत तेस्रो मुलुकमा रहेका कामदारहरुले पैसा पठाउँदा बैङ्क मार्फत पठाउनु पर्ने जानकारी निड्स नेपाल नामक संस्थाले दिएको बताउँछिन भुमिरामाण्डौं–५ कि गंगादेवी सिंह । उनी भन्छिन् ‘हाम्रो गाउँबाट पाँच जना अन्य मुलुकमा र २६ जना भारतमा गएर काम गर्छन् तर, उनीहरु कसरी आउँछन, कसरी जान्छन् भन्ने बारेमा बिचारै गरका थिएनौं ।’ अहिले धेरै कुराको जानकारी भएको बताउँदै गंगाले अब भारत जानेहरुलाई पनि हामीले सम्झाएर पठाउने गरेका छौं । निड्स नेपालले डोटीका चार गाउँ विकास समितिहरुमा सुरक्षित आप्रवासन सम्बन्धि काम गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ