arrow

पर्यटन वोर्डले चाँसो नदिँदा बर्दियाको पर्यटन व्यवशाय ओझेलमा

logo
यादव आचार्य,
प्रकाशित २०७२ चैत २४ बुधबार
tourisum-sector.jpg.jpeg
बर्दिया। नेपालमा गरिएको नाकावन्दी, राजनीतिक दलहरुको हड्ताल लगायत प्राकृतिक प्रकोपबाट आक्रान्त बनेका नेपालका पर्यटन व्यवशाय सरकारी वेवास्ताका कारण धरापमा परेका छन्। व्यवशायी कै अग्रसरतामा प्रर्वद्धन गरिएका पर्यटकिय व्यवशायहरुमा पनि विद्युत सञ्चार र सडकको पहुँच नपुग्दा लगानी रोक्न वाध्य छन्।
 
पश्चिम नेपालकै पर्यटनको प्रशस्त सम्भावना बोकेको बर्दियाको पर्यटकिय क्षेत्र प्रचार प्रसारको अभावमा पछि पर्दै गैरहेको व्यवशायीको आरोप छ। पर्यटनको प्रचार प्रसार गर्ने निकाय नेपाल पर्यटन वोर्डले चाँसो नदिदा बर्दियाको पर्यटकिय गन्तव्य ओझेलमा पर्दै गैरहेको ठाकुरद्वारा थारुहोमका संचालक मोहन चौधरी वताउँछन्। 
 
बर्दियाको पर्यटन विकासका लागि पर्यटकलाई आर्कषण गर्ने कुनै प्याकेजहरु वोर्डले नराख्दा बर्दियामा पर्यटक आउने क्रम घटेको उनले वताए। सरकारले ग्रामीण क्षेत्रको आधारभुत विकासका लागि अत्यावस्यक टेलिफोन, विद्युत, सडक लगायतका सेवाहरु विस्तार गर्न नसक्दा ठाकुरद्वारा क्षेत्रको पर्यटनमा नकारात्मक सन्देश गएको उनको गुनासो छ। बर्दियाको पर्यटन क्षेत्रले फड्को मार्न नसक्दा व्यवशायीहरु लगानी गर्न समेत हिच्किचाउने गरेको थारु वताउँछन्। 
 
मध्य तथा सुदुरपश्चिमकै ठूलो पर्यटकिय गन्तव्य रहेको बर्दियामा पर्यटन वोर्ड लगायत सरकारी स्तरबाट चाँसो नदेखाएपनि स्थानिय व्यवसायीको अग्रसरतामा पर्यटन प्रर्वद्धनमा अग्रणी भुमीका रहेको व्यवशायी कृष्णप्रसाद भट्टराईले अनुभव सुनाए। तर सरकारले पूर्वाधार विकासको लागि कुनै पनि चाँसो नदिएको उनको भनाई छ। बर्दियामा आउने पर्यटक व्यवशायीकै प्रचार प्रसारले आउने गरेको उनले दावी गरे।
 
तराईकै ठूलो तथा पश्चिम नेपालकै आर्कषक पर्यटकिय क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक क्षेत्र जैविक विविधताको दृष्टिले भरिपूर्ण रहेको वताउँदै त्यस क्षेत्रको पर्यटन व्यवशायका लागि अत्यावस्यक पूर्वाधारको अभावमा समस्या खट्किएको प्रति चिन्ता व्यक्त गरे।
 
पूर्व पश्चिम महेन्द्र राजमार्ग देखि निकुञ्ज क्षेत्र सम्म पुग्ने सडकको अवस्था अस्त व्यस्त रहेको होटल वीटीआरका मेनेजर रामजीवावु थापाले वताए। ओराई खोलामा पुल नहुँदा पर्यटकलाई वर्षायाममा झनै समस्या झेल्नु पर्ने वाध्यता रहेको थापा वताउँछन्। विद्युत सेवा प्रभावकारी नहुँदा पर्यटन व्यवसायी हरु हैरान पर्ने गरेको उनको गुनासो छ।
 
बर्दिया जिल्ला पश्चिम नेपालकै मनोरम प्राकृतिक सौन्दर्य बोकेको पर्यटकिय क्षेत्र हो। यहाँका पर्यटकिय वस्तुहरु वास्तममै प्राकृतिक छन्। यस क्षेत्रको प्राकृतिक विविधतालाई प्रचार प्रसार गर्दै बर्दियाको पर्यटनलाई पश्चिम नेपालमै पर्यटन उद्योगको रुपमा स्थापित गर्नु जरुरी भएको उनीहरुको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ