arrow

बाँदर र बँदेल आतंकले बसाइसराई

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
27278196.jpeg
इलाम । जिल्लाको उत्तरी क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासीले धमाधम चिराइतोखेती लगाउँदै त्यहाँबाट बसाइँ सर्न थालेका छन् ।  जमुना–८ श्याम तिवारीले घर बनाएर वर्ष दिन बस्न नपाउँदै बँदेलको आतङ्कले घर नै छाड्नुप¥यो । छिमेकी शिवकुमार तामाङ पनि बँदेल र बाँदर आतङ्कले घर भत्काएर अन्यत्रै बसाइँ सरे । सामुदायिक वन छेउमा रहेका घर आसपास लगाएको बालीमा हुलका हुल आउने बँदेल र बाँदरले बाली नष्ट बनाएपछि बसाइँ सर्नुको विकल्प नरहेको तिवारी बताउँछन् ।

जङ्गली जनावर बँदेल र बाँदरको आतङ्कले हैरान बनेका जमुनावासीले अहिले धमाधम चिराइतोखेती गर्दै आएका छन् ।  श्याम तिवारीले ५० रोपनी, शिवकुमार तामाङले ३० रोपनी, चिन्तामणि तिवारीले १० रोपनी जग्गामा चिराइतोखेती लगाएका छन्  ।  बँदेल र बाँदरले नखाने चिराइतोखेती लगाउन थालेका छन् । जङ्गली जनावरको आतङ्कपछि उनीहरू जमुना–८ मा रहेको बाक्लो बस्तीमा घर बनाएर बस्न थालेका छन् । 
 
आलु, मकैमात्र खेती हुने गरेको लेकाली क्षेत्रको आफ्नो जग्गाको कमाइ बँदेल र बाँदरकै लागिमात्र हुन थालेपछि सबैको सल्लाहले बाक्लो बस्तीमा १०÷१० रोपनी जग्गा किनेर घर बनाएर बस्न थालेको श्याम तिवारी बताउँछन् ।  आफ्नो वर्षौंअघिदेखिको थातथलो जङ्गली बँदेल र बाँदरकै पिरले छोड्नुपरेको बताउँदै शिवकुमार तामाङ भन्छन् – “पहिलेजस्तो जङ्गली जनावरको पिर छैन, अहिले ढुक्क छ ।” 

बँदेल र बाँदर धपाउन राखेको भरुवा बन्दुक एक वर्षअघि नै प्रशासनले लगिदिएपछि जङ्गली जनावर धपाउने अन्य उपाय नै रहेन, तामाङले भने । गाउँमा ‘वन कुकुर’ मासिनु र स्थानीय प्रशासनले हतियार सङ्कलन गरेपछि बँदेल, बाँदरलगायतका जङ्गली जनावरको बिगबिगी बढेको छ ।  जमुनामात्र होइन छिमेकी माइमझुवा, जोगमाई, नयाँबजार, प्याङलगायत लेकाली क्षेत्रका किसानले बारीमा लगाएको आलु, मकै, कोपीखेती जोगाउन रातभर समूह बनाएर बँदेल र बाँदर निगरानी गर्नुपर्छ । 

यस क्षेत्रका किसानले खेती जोगाउन रातभर माइक बजाउने, टिन ठटाउनेलगायतका उपाय अपनाए पनि खेती जोगाउन हम्मे–हम्मे परेको स्थानीयवासी बताउँछन् ।  आसपासका सामुदायिक वनबाट रातको समयमा हुल बा“धेर आउने जङ्गली जनावरबाट खेती जोगाउन मुस्किल परेपछि लेकाली क्षेत्रका किसानले परम्परागत खेती मासेर चिराइतोखेती लगाउन थालेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ