arrow

फ्रान्समा यौनको लागि पैसा तिर्नेको पाता फर्कने !

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
sexwork_is_work_624x351_reuters.jpg.jpeg
एजेन्सी । फ्रान्सका संसदहरुले यौन सम्बन्धिको  विधेयकलाई सच्याउन सिफारिस गरेको छ  ।  विधयक सच्चएपछि यौन सम्बन्धको लागि रकम भुक्तानी गर्नेलाई कडा सजायको प्रावधान रहनेछ । उक्त कानुन अनुसार यौन सम्बन्धको लागि रकम तिर्ने व्यक्तिलाई ३ हजार ७ सय ५० यूरो अर्थात ४ लाख ५६ हजार २ सय ६२ नेपाली रुपैँया जरिवाना तिर्नुपर्नेछ ।  पहलो पटक पक्राउ परेमा १५०० यूरो जरिवाना हुनेछ । 
 
यदी कुनै व्यक्ति दोस्रो पटक पनि पक्राउ परेमा जरिवाना दस्तुर दोब्बर लाग्नेछ । दोषीले  वेश्यावृत्ति सम्बन्धि कोर्स पनि लिनुपर्नेछ छ । जुन  अन्य यूरोपीयन देशहरु र अमेरिकामा मदिरा पिएर ड्राइभिङ्ग गरेको अपराधमा लिने व्यवस्था रहेको छ । यस क़ानूनको उदेश्य  विदेशी दलालहरुको नेटवर्कलाई तोडेर ती यौनकर्मीहरुको मद्दत गर्नु हो, जो यौन पेशालाई छोड्न चाहान्छन् । 
 
यो  विवादस्पद क़ानुन फ्रान्सको संसदमा पास हुन दुई वर्ष भन्दा ज्यादा समय लागेको थियो । साथै यस विधानमा  फ्रेन्च संसदको दुबै सदन(नेशनल एसेम्बली र सीनेट)बीच निकै मतभेद  रहेको छ । विधेयकमा  अन्तिम बहसको क्रममा यौनकर्मीहरुको समूहले पेरिसमा संसद भवन बाहिर  प्रदर्शन  गरेका छन् । स्ट्रास सेक्स वकर्स यूनियनका सदस्यहरुका अनुसार यस क़ानूनले कम्तिमा तीस देखि चालीस हज़ार यौनकर्मीहरुको जीवनलाई प्रत्यक्ष असर पार्नेछ । 
 
समर्थकहरुका अनुसार सो कानुन लागु हुदा अवैध देह व्यापार गर्ने गिरोहको नेटवर्कलाई अझ बलियो बनाउनेछ । कानुनका अनुसार  विदेशी यौनकर्मी जो देह व्यापार छोडेर अन्य कुनै काम गर्न चाहनेलाई  फ्रान्समै बस्ने अस्थाई परमिट सरकारले दिने भएको छ । समाजवादी सांसद माउड ओलिवरले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाए अनुसार  सो क़ानुनको सबै भन्दा महत्वपूर्ण पक्ष  यौनकर्मीहरुलाई बढी मद्दत गर्नु हो ।ओलिवरले भनेका छन्, 'हामी उनीहरुलाई परिचय पत्र दिनेछौ, किनभने हामीलाई थाहा छ सताब्दी औँ  देखि यौनकर्मी देह व्यापार गर्ने  गिरोहको शिकार बनिरहेका छन् ।' 
फ्रान्सको  गृह मन्त्रालयका अनुसार, फ्रान्समा रहेका यौनकर्मिहरु मध्ये ८० -९०  प्रतिशत विदेशी हुन् । उनीहरु अधिकतर देह-व्यापार गर्ने  गिरोहको शिकार बन्न पुगेका छन् । यो विधानले सन् २००३ मा बनेको क़ानुनलाई संसोधन गर्नेछ । यसअघि  देह व्यापारको लागि यौनकर्मीहरुलाई सजायको प्रावधान गरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विधेयक कानुन माथि  फ्रान्सका दक्षिणपन्थी समूहले सीनेटमा विरोध गरिरहेका छन् । 
 
विश्वमा स्वीडेन पहलो यस्तो राष्ट्र हो जसमा  यौनकर्मीहरुको बजार 'ग्राहक' लाई  अपराधी मानिन्छ ।  स्वीडेनका अधिकारीहरुका अनुसार उक्त क़ानुन बनाएपछि  रेड लाइट एरियामा  महिला यौनकर्मीहरुको संख्यामा कमि देखिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ