arrow

फेरि सुरु भयो विराट र अनुष्काको प्रेम लीला

विराट वाणी, ‘म खेलमा कस्तो प्रदर्शन गर्दछु, त्यसको अनुष्कासंग कुनै लिनु दिनु छैन । बरु अनुष्काले सधै उत्साह बढाइदिएकी छन्’

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
birat-FNL-New.jpg.jpeg
एजेन्सी । भरखरै सम्मपन्न विश्वकप टि–२० क्रिकेटपछी फुर्सदमा रहेका भारतीय व्याट्म्यान विराट कोहलीले फेरि लव स्टोरी सुरु गरेका छन् । टि–२० जित्ने लक्ष्य लिएको टिम चिप्लिएपछी विराट विरक्तिएका छन् । उनले आफुसंग जोडिने अभिनेत्री अनुष्का शर्माको साथ र हात फेरि समाउन थालेका छन् । 
 
भारतीय समाचार संस्थाहरुले सामाजिक संजाललाई पछ्याउँदै अनुष्का र विराटको फेरी सुरु भएको प्रेम कहानीबारे लेख्न भ्याएका छन् । भनिन्छ, पुराना सबै कमी कमजोरी भुलेर यी दुई फेरि आफ्नो प्रेम कहानीमा नयाँ रंग भर्दै सम्बन्ध सुदृढ गर्न चाहन्छन् । सामाजिक संचाल ट्वीटरमा यी दुईको यस्तो तस्वीर छाएको छ, जसमा दुवै डिनरपछी एक रेष्टुरेन्टबाट बाहिर निक्लिँदै गरेका छन् । सो तस्वीर अनुष्काका फ्यानको क्यामेरामा कैद भएपछि यी दुईको नयाँ राज खुलेका हो । 
 
वुधबार साँझ मात्रै मुम्बईको बान्द्रास्थित एक रेष्टुरेन्टमा दुवै एक साथ डिनर डेटमा देखिए । यति सम्मकी दुवै एक अर्कासंग निकै हर्षित थिए । केही समय अघि यी दुई बारे संचारमाध्यममा किन छुट्टीए भन्दै सनसनीका खवर बाहिर आए । छुट्टीनु पछाडीका कारण खोज्नेतर्फ लागेका संचारमाध्यम र समर्थकलाई यो नयाँ लीलाले आश्चर्य तुल्याइदिएको छ । संचारमाध्यमहरु समेत सोच्न बाध्य भएका छन् कि, या यी दुईबीच कुनै फाटो आएको थियो, कि सवै देखावटी थियो ? 
 
यद्यपि, अनुष्का र विराटकाका फ्यानले ट्वीटरमा पोष्ट गरेको तस्वीरले बयान गरिरहेको छ, ‘चिसीएको एक सम्बन्धको अजीव कहानी छ ।’ जसको कारण भन्नका लागि कुनै कुरा लुकेको छैन । सबै तस्वीरले प्रस्ट्याइदिएको छ । तस्वीरमा विराट सेतो पाइन्ट र ग्रे टिसर्टमा छन्, भने अनुष्का कालो कलरको वन् पीसमा देखिएकी छन् । 
 
सामाजिक संजालमा विराटलाई अनुष्कासंगको सम्बन्ध जोडेर समर्थकहरुले लखेट्न थालेका छन् । जो क्रिकेटमा कुनै पनि कमजोरी देखिए सोझै अनुष्कालाई निशाना बनाउँछन् । आफुलाई अनुष्कासंग जोडेर उडाउनेप्रति विराट रुष्ट छन् । उनले ट्वीटरमा प्रतिवाद समेत गरेका छन् । उनले आफ्नो मजाक उडाउनेप्रति घृणा लाग्ने बताएका छन् । 
 
विराटले भनेका छन्, ‘म खेलमा कस्तो प्रदर्शन गर्दछु, त्यसको अनुष्कासंग कुनै लिनु दिनु छैन ।’ बरु, अनुष्काले सधै उत्साह बढाएको र सकारात्मक सहयोग गरेकी छन् । विराट र अनुष्काको प्रेम कहानी २०१३ मा सुरु भएको थियो । जुन बेला दुबै स्याम्पुको विज्ञापनमा एक साथ देखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ