arrow

बारमा सवै वाम र मधेशीलाई लोकतान्त्रीकले एक्लै जित्दै

गणना आज सकिने

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
Bar-Election.jpg.jpeg
काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अन्य सवै पार्टी निकटका कानुन व्यवसायीहरुलाई काँग्रेस निकटका व्यवसायीहरुले एक्लै जित्ने भएका छन् । काँग्रेस निकटका कानुन व्यवसायीहरुको प्यानल लोकतान्त्रीक समुहरुका मुख्य पद सहित अधिकाँश उम्मेदवारहरु अहिले सम्म अगाडी देखिएकाले काँग्रेस निकटका व्यवसायीले एक्लै अन्य सवै पार्टीको संयुक्त प्यानललाई पल्टाउने भएका हुन् । 
 
बारको नयाँ नेतृत्वका लागि लोकतान्त्रीक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकोमा लोकतान्त्रीक समुहमा काँग्रेस निकटका कानुन व्यवसायीहरु छन भने प्रगतिशिल समुहमा एमाले, सवै माओवादी, अन्य साना कम्युनिष्ट घटकहरु र मधेशी दल निकटका कानुन व्यवसायीहरु रहेका छन् । 
 
गतगणना भएदेखि लगातार अगाडी देखिएका लोकतान्त्रीक समुहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसी सहित अधिकांश उम्मेदवारहरु अहिले पनि अगाडी देखिएका छन् । 
 
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले छ हजार ७८१ मतमा केसीले तीन हजार ३०५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले तीन हजार ९० मत प्राप्त गरेका छन् । 
 
त्यस्तै, महासचिवमा लोकतान्त्रीक समुहका खम्मबहादुर खातीले तीन हजार १४७ मत ल्याउदा उनका निकटम प्रतिद्वन्द्वी दीनमणि पोखरेलले दुई हजार ९७० मत प्राप्त  गरेका छन् । 
 
त्यसैगरी कोषाध्यक्षका लोकतान्त्री समुहका उम्मेदवार ज्ञानरत्न शाक्यले तीन हजार ४५ मत र उनका प्रतिस्पर्धी प्रगतिशिल समुहका हरिबहादुर खड्काले दुई हजार ९०२ मत पाएका छन् ।  
 
कुल २५ पद मध्ये अधिकांश उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा पनि लोकतान्त्रीक समुहकै उम्मेदवारहरु अगाडी देखिएका छन् । 
 
आज शुक्रबार जम्म एक हजार ७० मात्र गणना गर्न बाँकी रहेकाले कतिपय उम्मेदवारहरुको विजय निश्चीत भईसकेको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो । 
 
शुक्रवार विहान मतगणना सुरु भएको छ भने दिउसो २ बजे सम्ममा पुरै मतपरिणाम आई सक्ने अनुमान गरिएको छ । 
 
बारको नयाँ कार्यसमितिका लागि मङ्गलबार बिहानदेखि सुरु भएको मतगणना हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो । हालसम्म २७ निर्वाचन केन्द्रको मतगणना गरिसकेको निरौलाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ