arrow

प्रधानन्यायाधीशको टुंगो लागेन

कांग्रेस उपस्थित भएन, अर्को बैठक आइतबार

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
baluatar.jpg.jpeg.jpeg
काठमाडौं । प्रधानन्यायाधीश चयनका लागि छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक फेरिपनि निर्णयविहिन भएको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दल कार्यसम्पादन समितिको निर्वाचनका कारण संसदीय दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेपछि परिषद् बैठकको छलफल अघि बढ्न सकेन ।  
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले अर्काे बैठक आउँदो आइतबार बस्ने जानकारी दिए । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी वैशाख १ गतेदेखि सेवा निवृत्त हुँदै छन् । श्रेष्ठको अवकाशपछि बरिष्ठतम न्यायाधीश सुशीला कार्की प्रधान न्यायाधीशको जिम्मेवारी पाउने क्रममा छन् । 
 
प्रधान न्ययाधीश नियुक्त भए नेपालको न्याय क्षेत्रमा कार्कीनै प्रधानन्याधीश हुने पहिलो महिला हुने छन् ।  नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त हुनेछ । जसको टुंगो भने संवैधानिक परिषद्बाट लाग्नु पर्ने हुन्छ । यसअघि, चैत १६ गते बसेको संवैधानिक परिषद् बैठक समेत प्रमुख विपक्षी दल कांग्रेसको अनुपस्थितिले निर्णयविहिन भएको थियो । संवैधानिक परिषद्को बैठक सकिएपछि लगत्तै बालुवाटारमै मन्त्रिपरिषद् बैठक बसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ