arrow

अमिताभलाई 'महाराष्ट्र टाइगर्सको ब्राण्ड एम्बेसडर'बाट हटाउन विधानसभामै उठ्यो माग

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
Amitabh-Bachchan-with-Forest-minister-Sudhir-Mungantiwar.jpg.jpeg
एजेन्सी । पानामा पेपर प्रकरणमा बलिउड  अभिनेता अमिताभ बच्चनको नाम मुछिए पछि  कांग्रेसले  महाराष्ट्र विधानसभामा उनलाई महाराष्ट्र टाइगर्सको  ब्राण्ड एम्बेसडर पदवाट हटाउन माग गरेको छ ।
 
विपक्ष दल काग्रेँसका नेता राधा कृष्णा पाटिलले यो  मुद्दालाई विधानसभामा उठाउदै भने,' पानामा पेपर प्रकरणका कारण आइसल्यण्डका  प्रधानमन्त्रीले राजिनामा दिएका छन् । यो प्रकरणमा अमिताभ बच्चनको नाम पनि रहेको छ । यो धेरै गम्भीर किसिमको मुद्दा हो जुन सम्पति सुद्धीकरण (मनी लाउन्ड्रिङ्ग)सँग सम्बन्धित छ । यसकारण बच्चनलाई महाराष्ट्र टाइगर्सको ब्राण्ड एम्बेसडर पदबाट तत्काल हटाउन आवश्य छ।'
 
बच्चनको केहि दिन अघि पानामा पेपरमा नाम परेको थियो । पानामाको ल फर्म मोस्याक फोन्सेकाको सार्वजनिक भएको दस्तावेजमा विश्वभरका शक्तिशाली व्यक्तिहरुको नाम जोडिएको छ। जसले राजस्व छलेर आफ्नो सम्पत्ति लुकाउने काम गरेका छन्। जसमा अमिताभ बच्चन र उनकि बुहारी ऐश्वर्या राय बच्चन लगायत ५ भारतीयको नाम परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ