arrow

यसरी निहुँ खोज्न थाले कमल थापाले

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
kamal-thapa.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँग असन्तुष्ट भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले विद्रोह र अवज्ञा गरेको अर्थ लाग्ने गरी शुक्रबारको मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका छन् । 
 
संघीयता कार्यान्वयन सम्बन्धी उच्चस्तरीय समितिमा आफ्नो नाम समावेश नभएको भन्दै उनी शुक्रबारको मन्त्रिपरिषद् बैठकमा नगएको स्रोतले बताएको छ ।
 
शुक्रबार १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ - थापाको शुक्रबारको कार्यसूचीमा मन्त्रिपरिषद्को बैठक समावेश रहेको स्रोतले जनाएको छ । समितिमा आफ्नो नाम नपरेपछि थापाले असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद् बैठक अस्वीकार गरेको थापा निकट स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ