arrow

नेपाल भूकम्पको १ बर्ष पूरा भएको सम्झनामा आयरल्याण्डमा सम्मेलन हुँदै

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
Bhukampa.jpg.jpeg
काठमाडौं। नेपालमा विनाशकारी भूकम्प गएको १ बर्ष पूरा भएको सम्झनामा आगामी अप्रिल ३० (वैशाख १८)मा आयरल्याण्डको राजधानी डब्लिनमा सम्मेलन हुने भएको छ । लण्डन स्थित नेपाली दुतावास नेपाल आयरल्याण्ड सोसाइटि, एक्सन एड र इन्जिनियर्स विदाउट बोर्डरर्सले संयुक्त रुपमा आयोजना गर्न लागेको सम्मेलन नेपालमा भूकम्प पछिको पुननिर्माणमा केन्द्रीत रहने आयोजकले जनाएको छ । 
 
कार्यक्रममा पुननिर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिरहेका संस्थाहरुबीच सहकार्यका साथै सञ्जाल निर्माणको पहल समेत गरिनेछ । सम्मेलनका लागि आइरिश रेड क्रस, कन्सर्न वर्ल्डवाइड, ह्याविट्याट आयरल्याण्ड, माउन्टेनियरिङ आयरल्याण्ड, ट्रिनिटि कलेज, डब्लिन इन्सटिच्युड अफ टेक्नोलोजि, इन्सटिच्युड अफ टेक्नोलोजि स्लिगो, प्लान इन्टरनेशनल सहितका बिभिन्न १९ वटा संस्थाले सहयोग गरेका छन् । 
 
‘यो सम्मेलन आयरल्याण्डमा मात्र नभइ समग्र युरोपभरि नेपालको सामाजिक अर्थिक विकाशमा रणनीतिक योजना र समझदार निर्णयहरु लिनका लागि बृहत्तर सहयोग गरिरहेका बिभिन्न संस्थाहरुबाट स्रोत, ज्ञान र अनुभवहरु जुटाउन महत्वपूर्ण कदम हुनेछ, ’ आयरल्याण्ड समेत हेर्दै अएको लण्डनस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत तेज बहादुर क्षेत्रीले भने । 
 
आयरल्याण्डमा रहेर नेपालमा काम गरिरहेका र चासो राख्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुबीच अन्तरक्रिया, सञ्जाल निर्माण र सूचना आदानप्रदानका लागि सम्मेलन उपयोगि हुने विश्वास आयोजकको सम्मेलन आयरल्याण्डमा रहेका नेपालमा चासो राख्नेहरुको महाभेला हुनेछ । ‘नेपालको पुनरुत्थान प्रकृयामा आइरिस जनताले उत्साहवद्र्धक योगदान पुर्याएका छन् र हरेक बर्ष नेपाल आउने आइरिस पर्यटकको संख्या पनि ठूलो छ, आयरल्याण्डमा करिब २५०० नेपाली बसोवास गर्दै र कार्यक्रमले यो सम्वन्धलाइ पनि मनाउनेछ’ नेपाल आयरल्याण्ड सोसाइटिका अध्यक्ष दीपेशमान शाक्यले भने । 
 
सम्मेलन सर्वसाधारणका लागि समेत खुला रहने र नेपाल भ्रमण गर्न चाहानेहरुका लागि सूचना र परामर्शका लागि उपयोगि हुने आयोजकले जनाएको छ। नेपाल र आयरल्याण्डबीच ब्यापार, लगानी बढाउन प्रविधि हस्तान्तरणको संभाब्यता पहिचान गर्न र आयरल्याण्डलाइ नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको गन्तब्यको रुपमा प्रवद्र्धन समेत सम्मेलनलाइ उपयोग गरिने जनाइएको छ । 
 
गत अगस्टमा पनि नेपाल आयरल्याण्ड सोसाइटिले नेपाल भूकम्प सम्मेलन आयोजना गरेको थियो । जसबाट नेपाल आयरल्याण्ड एलाएन्स बनेको थियो। गतबर्ष बैसाख १२ मा नेपालमा आएको विनाशकारी भूकम्पमा परि ८,००० बढिको ज्यान जानुका साथै २१,००० घाइते भएका थिए । 
 
नेपाल र आयरल्याण्डबीच सन् १९९९ मा कुटनितिक सम्वन्ध स्थापना भएको हो । आयरल्याण्डमा नेपाली दुतावास नरहेका कारण नेपाल आयरल्याण्ड सोसाइटिले दौत्य सम्वन्ध विस्तारका लागि लण्डन स्थित नेपाली दुतावाससँगको सहकार्यमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । सम्मेलन नेपाल आयरल्याण्डबीचको सम्वन्ध थप मजवुत बनाउन सफल हुने विश्वास ब्यक्त गर्दै आयोजकले सम्मेलनलाइ हरेक बर्ष मनाइने बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ