arrow

अफगानिस्तान बिरुद्ध ४ दिवसिय खेल खेलेर आउने नामिबिया नेपालकालागि चुनौती

३-४ महिना क्रिकेट नखेल्नु पहिलो डिभिजनमा खेल्नकालागि अपर्याप्त

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
Cricket_Nepal_WCL.jpg.jpeg
काठमाडौं। नेपालले नामिबिया बिरुद्ध विश्व क्रिकेट लीग अन्तर्गत आफ्नो खेल खेल्ने छ। नेपालले आफ्नो तयारीकालागि नेपालका पुर्व कोच पुबुदु दाशानाएकेलाई परामर्शदाता कोचका रुपमा पाएको छ। जगत टमाटाले कोचका रुपमा नेपाली टोलि सम्हाल्ने छन्।
 
नेपाली क्रिकेट टोली आफैमा तयारी गर्नमा ब्यस्त छन् भने नामिबिया भारतमा ईण्टर कण्टिनेन्टल कप खेलेर नेपाल आउने छ। अफगानिस्तान बिरुद्ध उक्त चार दिवसिय खेल खेलेर नामिबिया नेपाल आउने छ। भोलिदेखि भारतको नोईडामा शुरु हुने उक्त खेल खेलेर आउने नामिबियाकालागि विश्व क्रिकेट लीगमा खेल्न भरपुर अभ्यास हुनेछ। 
 
टि-२० विश्वकप क्रिकेटमा कप बिजेता वेष्टईण्डिजलाई पराजित गरेको अफगानिस्तान राम्रो फर्ममा रहेको छ। राम्रो फर्ममा रहेको टोली बिरुद्ध पहिलो श्रेणी खेल खेलेर आउने नामिबियालाई सम्हाल्न नेपाली टोलीलाई हम्मे नै पर्नेछ। सशक्त टोली बिरुद्धको खेलले कुनै पनि टोलीलाई राम्रो अनुभव दिने निश्चित छ।
 
नेपाली टोलीले लगातार क्रिकेट नखेलेको लामै समय भैसकेको छ। नेपाली टोलीमा परेका यु-१९का खेलाडीहरुले केहि समय अघि विश्वकप खेलेको थियो। अन्तराष्ट्रिय खेल खेल्न खेलाडीहरुले लगातार क्रिकेट खेलीरहन जरुरी छ जुन नेपाली टोलीका खेलाडीहरुले खासै खेल्न पाएका छैनन्। कुन खेलाडी फर्ममा छ वा छैन् भन्नेसम्मको पनि जानकारी टोली व्यवस्थापनलाई छैन्। 
 
सायद नेपाली टोलीले आफ्नो घरेलु मैदान र समर्थकको फाईदा उठाउन सक्नेछन् तर नामिबिया पुर्ण तयारीका साथ खेल्नेछ। नामिबियाका खेलाडीहरुले एक अर्कालाई राम्ररी बुझेका छन् । खेलमा नामिबिया बलियो हुने निश्चित रहेको छ तर बिपक्षी समर्थक र नेपालको मैदानमा खेल्ने अनुभव नभएको नामिबियालाई नेपालले त्यहाँ मात दिन सक्ने छ। 
 
हजारौं नेपाली टोलीका समर्थकहरुको अगाडी नामिबियाले आफूलाई कति सम्हाल्छ खेलको नतिजा त्यसमा निर्भर हुने निश्चित रहेको छ। 
 
नेपाल क्रिकेट संघको विवाद अदालतमा अल्झेका कारण आईसीसी आफैले नेपालमा हुने विश्व क्रिकेट लीगकालागि पुर्ण जिम्मेवारी लिएर काम गरिरहेको छ। त्यसै अन्तर्गत नेपालको क्रिकेट तयारीकालागि पुबुदु लागि परेका छन्। उनको सिधा बुझाई छ - '३-४ महिान बिना क्रिकेट बस्नु पहिलो डिभिजनमा खेल्नकालागि पर्याप्त होईन तर खेलाडिहरुले मिहिनेत गरिरहेका छन्। ' उनी सकरात्मक रिजल्टकालागि आशावादी छन्। 
 
नेपाली क्रिकेटका कप्तान पारस खड्का पनि तयारी आफ्नो तर्फबाट राम्रो हुँदै गरेको र अब मैदानमा गएर सकरात्मक  प्रदर्शन गर्नेमा विश्वस्त छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ