arrow

बेरोजगारी अन्त्य गर्न चलखेल बजार

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
unemployment-market.JPG.jpeg
काठमाडौँ। बेरोजगारी अन्त्य तथा दक्ष जनशक्ति निर्माणका लागि धार्मिक र सांस्कृतिक प्रवद्र्धनसहित चन्द्रागिरि नगरपालिकास्थित चुन्देवी, चन्नेपाटीमा चलखेल बजार सुरु भएको छ।
 
सो बजारले युवा विदेश पलायन रोक्ने, महिला हिंसा अन्त्य र आर्थिक विकासको लक्ष्यसहित विभिन्न १० कोठामा सो बजार सुरु भएको हो। बजारको शनिबार उद्घाटन गर्दै नगरपालिकाका कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले आर्थिक र सामाजिक विकासमा बजारको स्थापनाले भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, नेपाल हस्ताकला सङ्घका विभागीय प्रमुख सुष्माराज भण्डारी लगायतले शुभकामना दिएका थियो।
 
बजारका प्रमुख वसन्तकुमार खत्रीले स्थानीय बलम्बु टोल र अन्य स्थानमा पनि युवा स्वरोजगारीका लाग प्रवद्र्धनात्मक र सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ