arrow

अझै सिफारिस हुन सकेन प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Susila-Karki.jpg.jpeg
काठमाडौँ । सर्वोच्च अदालतमा भावी प्रधानन्यायाधीशको विषयमा टुंगो लगाउन बसेको संवैधानिक परिषद्को वैठक फेरिपनि निर्णयविहिन भएको छ । तेस्रो पटक समेत न्यायाधीशबारे टुंगो लाग्न नसकेको हो । बरिष्ठताका आधारले प्रधानन्ययाधीशको लाइनमा रहेकी बरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको बैठक सभामुख विरामी परेपछि उपस्थित हुन नसक्दा निर्णयविहिन भएको हो ।  
 
सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए । अर्को बैठक साँझ ५ः३० बजे बस्ने बताइएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । हाँपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा छन् । 
 
नेपालको संविधानानुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ । परिषद्को पहिलो र दोस्रो बैठक प्रमुख विपक्षी कांग्रेस उपस्थित नभएपछि निर्णयविहिन भएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ