arrow

झलनाथ भन्छन 'संघीयता सफल हुन पशुपतिनाथको भरोसा'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1798288278.jpeg
काठमाडौ। पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन तोडिनु दुर्भाग्यपूर्ण भएको भन्दै दुई दल नमिले मुलुक दुर्घटनामा फस्ने चेतावनी दिएका छन्।
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तक्रियात्मक देउसी भैलोमा बोल्दै अहिलेको मुलुकको संकट सामना गर्न काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए। 
खनालले संघीयतामा नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औल्याउँदै अहिले माग भईरहेको आधार प्रदेशको सीमांकन मिलाउन गाह्रो हुने बताए। उनले भने,‘संघीयता कहाँ बाट पस्यो त्यही मुल्याङकन गर्नुपर्छ। संघीयतामा जाने हो भने मधेसमा दूई, पहाडमा यति भन्नु मुलुकको हितमा छैन। मेचीबाट महाकालीसम्म प्रदेशले समस्याको समाधान गर्दैन र देशको हित पनि हुँदैन।’
 
खनालले पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा न्यूनतम कुरा मिल्न सक्ने भन्दै अन्यथा संघीयताको नाममा अझै कति रगत बगाउनु पर्ने हो थाहाँ नभएको बताए। उनले भने,‘ मधेसीलाई मधेस, पहाडीलाई पहाड र हिमालीलाई हिमाली बाहेक अरु किन हुँदैन भन्ने कुरा थोत्रो, नचाहिदो र अब्यवहारिक तर्क हो। संघीयतामा हामी नयाँ प्रयोगमा छौ। पशुपतिनाथसँग कामना गरौ कि यो सफल होस ।’
 
खनालले नाकाबन्दीको समस्या आज भोलीमै समाधान हुने स्थिति नभएको भन्दै नाकाबन्दीबाट उत्पन्न चूनौति सामना गर्न र यसमा परिवर्तन गर्न हर मुल्य चुकाउन सरकारले काम गर्नुपर्ने बताए। उनले भने,‘नाकाबन्दी लम्बिए जनतालाई तयार पार्नु पर्छ। यही उत्पादन गर्ने योजना, सम्बन्धको विविधिकरण, चीनसँगको सम्बन्ध विकसित गर्नु पर्छ। यो सरकारको काम हो। दशै अभावमा गयो, तिहार पनि अभावको विचमा छ। औषधी छैन, उद्योग बन्द छ, बजार ठप्प छ, विद्यालय बन्द छ। यो दुखदायी अवस्थामा परिवर्तन गर्न सरकारले काम गर्नु पर्छ । नभए सरकारप्रति असन्तुष्टी बढ्न सक्छ ।’
 
खनालले संविधान जारी भएको खुसीयाली राम्ररी फक्रन नपाउँदै छिमेकी भारतले नाकाबन्दी लगाएको भन्दै नाकाबन्दीले सबै सन्धी सम्झौताको उल्लघन गरेको दावी गरे। उनले भने,‘सिंगो विश्व चिन्तित छ। संयूक्त राष्ट्र संघका महासचिव बान कि मुनले पनि चिन्ता ब्यक्त गरिसक्नु भएको छ । तर पनि किन छिमेकी भारतले नाकाबन्दी अन्त्य गर्न किन सकिरहेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ