arrow

सुबिसुले सार्वजनिक गर्‍यो 'नयाँ वर्षको बहार' योजना

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
subisu-Offer.jpg.jpeg
काठमाडौ। नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नयाँ वर्ष २०७३ को अवसरमा “सुबिसु नयाँ वर्षको बहार” ग्राहक योजना सार्वजनिक गरेको छ।
 
योजनामा ग्राहकलाई Clear TV Set Top Box, Cable Modem with Inbuilt Wireless Router, Fiber Modem र TV Receiver सित्तैमा प्रदान गरिने छ। 
 
नयाँ वर्ष योजना अन्तर्गत कम्पनीले रिटेल सेवाहरु जस्तै इन्टरनेट र क्लिर टीभी तथा दुबै सेवाहरु इन्टरनेट र क्लिर टीभीको जडानमा आकर्षक प्याकेजको समेत व्यवस्था गरेको विज्ञप्तीमा जनाइएको छ। त्यसैगरी इन्टरनेट र क्लिर टीभीका प्याकेजमा ३ हजार ९ सय ९९ देखि १० हजार ९ सय ९९ सम्म उपलब्ध हुनेछन्। साथै कम्पनीले आफ्ना पुराना ग्राहकहरुका लागि समेत यो योजना प्रधान गर्ने कम्पनीको भनाइ छ।
 
उक्त प्याकेज ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको र ग्राहकले आफ्नो जरुरत अनुसार कुनै पनि सेवा खरिद गर्न सक्के विज्ञप्तीमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ