arrow

मोदीको विरोधमा बेलायतमा नेपालीहरुले गरे बृहत प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1715773682.jpeg
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १२ देखि १४ नोभेम्बरमा हुन् लागेको बेलायत भ्रमणका अवसर पारेर नेपालीहरुले बेलायतमा बृहत विरोध प्रदर्शन गरेका छन्। नेपाल बिरुद् गरिएको अघोषित नाकाबन्दीलाई बिश्व समुदाय समक्ष पुराउने उद्देश्यले यहि १२ नोभेम्बरका दिन दिउँसो १२ बजे बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी प्रदर्शन गरिएको हो। 
 
भारतले लगाएको नाकाबन्दीको बिरोधमा बिश्व समुदायबाट समस्या समाधानका लागि पहल र भूपरिवेष्ठित राष्ट्र नेपालले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउने पारवहन सुबिधाका बिषयमा तत्काल अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले प्रदर्शन गरिएको एक मध्यका एक अभियन्ता लेक्स लिम्वुले सामाजिक सञ्जालमा लेखेका छन्। 
 
यसअघी स्थानिय आयोजकहरुले यूकेमा रहनुभएका नेपाली संघसंस्था र त्यसका प्रतिनिधि लगायत सर्वसाधारणलाई विरोध कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गरेका थिए। 
 
मोदीको विरोधमा भएको यो प्रदर्शनको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोर्टीङ गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ