arrow

ओखलढुंगाको रानीवन र सिंहदेवीमा लागेको डढेलो एक सातादेखि नियन्त्रण बाहिर

logo
शरद रेग्मी,
प्रकाशित २०७२ चैत ३० मंगलबार
ban_dadhelo-e1428911108955.jpg.jpeg
काठमाडौं । ओखलढुंगाको रानीवन र सिंहदेवी गाविसमा एक सातादेखी  लागेको डढेलो अझै नियन्त्रण बाहिर छ । २४ गते राति १२ बजेबाट रानीवन गाविसको लक्ष्मीटार सामूदायिक वन उकालावेसीबाटसुरु भएका डढेलो एक हप्ता बितिसक्दा पनि अझै नियन्त्रण बाहिर छ ।  डढेलोबाट रानीवन गाविसका लक्ष्मीटार, राजदेवल, विमिरे र सिंहदेवी गाविसका पहँले, बाखोर, झाँक्रीथान सामुदायिक बन पूर्ण रुपमा नष्ट भएको छन् ।
 
स्थानीय चिउरीडाँडा माविका शिक्षक बालसुन्दर बोगटीका अनुसार हालसम्म सिंहदेवी गाविस वडा ३ का १६ वटा घर पूर्णरुपमा नष्ट भएका छन् । उनका अनुसार अहिलेपनि आगो दन्किरहेको छ । उनले भने,‘आगो गाउँ पसिकेको छ, हामी घरको छानामा स्याउला लिएर बसेका छौं, धुँवाले वल्लो घरबाट पल्लो घर देखिन सकिँदैन ।’ आगो नियन्त्रणका लागी अहिले पनि स्थानिय तथा प्रहरी खटिरहेका छन्  । तर पनि आगो नियन्त्रण बाहिर नै छ । आगो अहिले स्थानीय वस्तीमा प्रवेश गरिसकेको स्थानीय बोगटीले जानकारी दिए । 
 
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले आगो गाउँमा पस्न नदिन प्रहरी तथा स्थानियले प्रयास गरिरहेको भएपनि तिब्र हावाहुरीका कारण असम्भब रहेको बताए ।  उनका अनुसार डढेलोलाई दिउँसो १ बजेतिर करिब करिब नियन्त्रणमा लिईसकिएको थियो तर उक्त प्रयास हावाहुरी र भिरालोको कारण असफल भएको छ । उनले अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको जानकारी दिए । अहिले स्थानीयवासिन्दालाई सूरक्षित वासस्थानतर्फ सार्ने काम भैरहेको उनले बताए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ