arrow

साथ माग्दा भिक्षा नसम्झनु ! तिम्रो हैसियत मेरो भन्दा धेरै तल छ

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ वैशाख २ बिहिबार
sudarshan-aryal.jpg.jpeg
तिमीले नजानिदो पाराले दिएको चोटबाट मुक्त हुन अझै पनि मैले धेरै स्रघर्ष गरिरहनु परेको छ। तिमीले मेरा लागि दिएको चोटले हेर त मेरा परिवार छिमेकी र सारा मेरा शुभेक्षुकहरू समेत कति चिन्तित भएका छन्। तिमी र म एक असल मित्र हौं भन्ने कुरा सयौ संसारले बुझिरहेको छ। तर तिमीले एक निमेषमा लिएको प्राण घाटक निर्णयले गर्दा हाम्रो त्यो सम्बन्धलाई कथि सतहमा पुर्‍याईदिएको छ तिमीले कुनैबेला कल्पनासम्म पनि गरेका छौं।  तिमीले यदि कल्पनासम्म गरेका थियौ भने म माथि त्यस्तो प्राण घातक निर्णय गर्न पक्कै पनि तिमीले सक्ने थिएनौ। तिमीमाथि मेरा कत्रा विश्वस थिए। तिमीले पनि म माथि विश्वास गराउने धेरै सहयोग गरेर विश्वासलाई अझै दह्रो बनाउने कोशिष गरेकै हो। तर हेर त आज तिम्रो त्यो सानो निर्णयले म कति तड्पि रहेको छु। मेरा परिवारहरूले तिमीप्रति कतिसम्म नकारात्मक भाव राख्न थालेका छन्। 
 
आज तिमीले गरेको विश्वासघा हेर मित्र कुनै दिन तिम्रो लागि महंगो सावित हुने छ। कुनै दिन तिमी पनि त मेरो अभावमा पलपल तड्पि रहेको हुनेछौं। तिमीले मेरो एउटा मात्रै भएपनि सहायताको याचना गर्नेछौ। तिमीले मागेको सहयोगमा मैले तिमीले अहिले दिएको चोट सम्झने छु। मित्र, तिमीले अहिले दिएको चोटको हिसावकिताव गर्ने दिन त्यही दिन हुने छ। जुन दिन मेरो सहयोग विना तिमीले चाहेको खुड्किलो उक्लिन असम्भव हुने छ। त्यो बेलामा तिमी कति तड्पिने छौं, सम्झ त र त्यो तड्पाईलाई मैले एक तमासले हेर्ने छु मित्र जसरी तिमीले अहिले मेरो तड्पाईलाई हेरिरहेका छौं। त्यो बेला सझिएका छौं, तिमी म प्रति कतिसम्म नतमस्तक हुने छौं ? तिमीले पक्कै पनि सम्झने छौ मित्र अहिलेको व्यवहार।  त्यतिबेला मात्रै तिमीले बुझ्नेछौ पीडा के हो भन्ने। मैले कुनै पनि हालतमा सहयोग नगरेपछि तिमीले आफ्नो 'सत्यमेव जयते' को नारा लिएर लाग्ने छौं अर्का मित्रको साथ खोज्न। 
 
तिमीसँग त अहिले अरू मित्रहरू पनि सन्तुष्ट छैनन् भनेर तिमीले नै भनेका होईनौं ? एउटा मित्र त तिमीलाई तहलगाएर तिमीमाथि शासन गर्न चाहिरहन्छ भन्थ्यौ नि तिमीले पनि राम्रैसँग चिनेका होलाउ नि क्षमता भएर पनि तिमीप्रति अगाध माया गर्ने असल मित्र को भनेर। त्यही बेला तिमीले आफ्नो र अर्काको माया बुझ्ने छौ जव तिमीले अरूलाई आफ्नो वशमा पार्न सक्ने छैनौं। 
 
हो त्यतीबेला तिमीले मलाई नै फकाउन सक्ने गरी धेरै कोशिष गर्ने छौ, पैसाको लोभ देखाउने छौं, भोग विलाशको रवाफ देखाउने छौ। तर, मित्र मैले तिमीले दिएको पीडाबाट पाठ सिकिसकेको हुने छु। मैले तिम्रो पैसा र भोग विलाससँग आफ्नो स्वाभिमान साँट्ने व्यापार छाडिसकेको हुने छु। पैसाको लोभमा फसेर तिमीप्रति अनुरक्त बन्न मैले छाडिसकेको हुनेछु।  मलाई फकाउन तिमीले गरेका सबै प्रयासहरू असफल हुने छन्। मित्र, म आफ्नै प्रगतिमा व्यस्त हुने छु। त्यो बेला म तिमीले दिएको चाटका कारण तिमी भन्दा धेरै माथि पुगिसकेको हुनेछु। त्यसैले तिम्रा कुनै पनि शर्त मान्न मलाई कुनै आवश्यकता रहने छैन। 
 
मैले तिमीसँग केही मागेकै हुँ, नमागेको होईन। तिमीसँग मैले तिम्रो मीठो साथ मागेको हो त्यो पनि असल मित्रको हैसियतले। तर विडम्बना भन्नुपर्छ तिमीले मैले मागेको साथलाई भिक्षा सम्झियौ। तिम्रो धर्मले भिक्षा माग्न आउनेलाई त त्यसै फिर्ता नपठाउनु भन्छ भने भिमीले साथ माग्नेलाई भिक्षा सम्झिदा पनि मैले सहेरै बसिरहेको थिए। तर तिमीले आफ्नै धर्म भुलेर भिक्षुकलाई अपमान गरेर पठायौं। सम्झ त तिम्रो 'सत्यमेव जयते को अर्थ। कि त तिमी ‘सत्यमेव जयते’ जप्न छाड होईन भने तिमी आफ्नो धर्म किन छाड्छौ। फेरि तिम्रो हैसियतको पनि त सवाल राख। अहिले केही कमायौ भन्दैमा आफ्नो अतीत नभुल मित्र। तिमी दास बनेर मुक्त बनेका मुक्त दासी हौं। तिमीलाई दास मुक्त बनाउनको लागि मैले पनि केही दूतहरू पठाएको थिए नि विर्सियौ त्यो गुन ? 
 
हो, आज तिमी म भन्दा केही बढी सम्पत्तिवाल होलाउ। तर तिमीमा दरिद्री पना छ जुन म मा छैन। म दुःखी हौला तर मित्र आजसम्म तिमीले जस्तो दरिद्रीपना देखाएको छैन। मैले तिमीमाथि केही साथ र सहयोगको लागि हात पसारेँ भन्दैमा तिमीले म माथि त्यत्रा शर्त तथा बन्देजहरू राख्नु पर्ने केही कारण थियो र मित्र ? म तिमी भन्दा कसैगरी पनि कम छैन। 
 
मेरा पाखुरा अहिले कमजोर होलान् तर तिम्रा पाखुरामा पनि त हेर त मेरै रगत बगिरहेको। तिमीले म माथि पाखुरी बजार्दा मेरा रगतहरू तिमीमाथि नै जाईलागे भने के हुन्छ मित्र ? त्यो दिन पनि नसोचेको तिमीले ? अब मनको कुरा गर्ने हो भने तिम्रा मित्र को नै मनकारी भेटेका छौं र तिमीलाई मन दिने। जसले मन दिन्छ उ आफैमा तिमी प्रति अनुरक्त छ। तर तिमी उसलाई आफ्नै बनाउने चाहँदैनौ। 
 
तिमीले म मा देखेको प्रतिभा वाहिरी मात्रै हो। मेरा भित्री प्रतिभा देखेको खण्डमा तिमी मसँग त्यसै लोभित हुन्छौं भन्नेमा कुनै शंका छैन। तर तिमीले मेरो अन्तरंग शक्तिलाई नामेट पार्नको लागि मेरो प्रगतिलाई विचैमा पूर्णविराम दिनको लागि तिमीले यत्रो षड्यन्त्र पनि रच्न सक्यौ होईन ? तिमी त कत्ति पापी। यो दिन अब छिट्टै आउने छ मित्र तिमीले म सँग भित्रताको भीख माग्ने छौं। मैले तिमीलाई साथ दिने बेलामा पनि यस्तै व्यवहार गरेँ भने तिम्रो मन कति दुख्ला त्यो बेला ?
 
तिमी यही शरहमा छौं, म यही शहरमा छु। तिम्रा हरेक कदमको यो शहरले मुल्याङ्कन गरिरहेको छ। तिमी मेरो लक्ष्यपूर्तिका लागि यत्रो बज्रपात गरेर नपुगेर फेरि मेरै सत्तो सराप गर्दै हिँडिरहेका छौ रे मलाई चिनेजानेकाहरूसँग। उम्लिएको दूध पोखिन्छ भनेजस्तै तिमीपनि उम्लिएका हौ भने त नपोखिउन्जेल हामी पनि आगो थपेरै बसौला होईन भने तिमी आफ्नो मित्रको अहितमा उठाईएका पाईला सच्चाउँदै तुरून्त मसँग माफी माग। 
 
तिम्रो र मेराबीचमा हेर त कति समानता छन्। तिमी हिँड्दा म र म हिँड्दा तिमी लौरी भनेर एमले अर्काको भरोसा दिनुपर्नेबेलामा तिमीले कस्तो व्यवहार गरेको यो। तर मित्र, यो कुरा बुझ कि मलाई बरू तिमीबिना नै पनि गन्तव्यमा पुग्न सहज होला तर तिमीलाई म विना सम्भव छैन। तिमीले अरूलाई जे जस्तो गरेपनि मलाई भने घुर्की नलगाए हुन्छ। तिमीले जोरी खोज्न थालेपछि मैले पनि तिमी जस्तै अर्को मित्र खोजीसकेको छु। तिमीले गर्ने हरेक सहयोग चाहेको खण्डमा उसले मलाई पनि गर्न सक्छ। तर तिम्रा त यस्तै सातवटा मित्र छन् रे। तर ती सातवटा नै तिमीसँग कति रूष्ट भएका छन्, थाहा छ ? तिम्रा सातैवटा साथीहरू स्वार्थ पूरा गर्नको लागि मात्रै तिमीलाई सहयोग गर्ने हुन्। उनीहरूले मैलेजस्तो असल नियतले तिमीलाई माया गर्नेछन् जस्तो मलाई त लाग्दैन। तर तिमीलाई ठीक पार्न चाहने हो भने त हामी दुई मित्र नै काफी छौं।
 
त्यसैले मित्र तिमीले म माथी गरेको अपमान र क्षुद्र व्यवहारलाई भवितब्य मानी तिमी आजैदेखि सम्बन्ध सुधारको लागि अघि बढ त्यसैमा तिम्रो भलो होला। होईन भने......



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ