arrow

बारमा हारेपछि एमाले र एमाओवादीमा बवण्डर

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
nepal-bar-new.jpg.jpeg
काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रगतिशिल पक्षका उम्मेदवारले निर्वाचन हारेपछि कानुन मन्त्री अग्नि खरेल र सबै पद आफैलाई नै राख्नुपर्ने बानी परेका हरिकृण कार्की बेपत्ता भएका छन् । कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका कार्की र खरेलले चुनावी नतिजा आफ्नो पक्षमा किन आएन भनेर समिक्षा समेत गरेका छैनन् । यसपटक नेपाल बार एसोसिएसनमा वामपन्थी पत्ता साफ भएका छन् ।
 
प्रधानमन्त्री खड्ग ओलीले हस्तक्षेप गरेर वामपन्थी गठबन्धन कायम राख्न निर्देशन दिएका थिए । एमालेले रमण श्रेष्ठलाई अस्वीकार गरेपनि एमालेका उम्मेदवार विजयकान्त मैनालीलाई अस्वीकार गरेन । साथ सहयोग ग¥यो तर निर्वाचन परिणाम फरक आउनुमा यस पटक एमाले नै सबैभन्दा बढी कारक देखिएको छ ।
 
बार अध्यक्ष पनि चाहिने, महान्याधिवक्ता पनि चाहिने, हुँदा हुँदा सर्वोच्चको न्यायाधीस पनि चाहिने अरु कुनै व्यक्ति नै नभएको जसरी कार्कीले सिण्डिकेट खडा गरेपछि एमाले वकिल नै यस पटक नरामैरी विभाजित भएका थिए । बारमा एमाले, एमाओवादीका उम्मेदवारलाई जसरी पनि हराउने भन्दै एमालेकै वकिल लागेपछि पटक वामपन्थीहरु नराम्ररी पराजित भएका हुन् ।
 
ओलीको हठ, अग्नि खरेल जस्ता गैर राजनीतिक चिन्तन भएका मन्त्री र कार्की जस्ता पदलोलुपका कारण बार काग्रेसले कब्जा गरेको निष्कर्षमा एमाओवादी शीर्ष नेतृत्व र एमालेको माधव नेपाल समूह पुगेको छ ।
 
बारमा पराजित हुनु पर्नाको कारण प्रष्ट पार्न आग्रह गर्दै एमाले केन्द्रीय समितिको बैठकमा समेत कुरा उठेको छ । पहिलो त निर्वाचनमा रमण श्रेष्ठलाई अध्यक्षको उम्मेदवार नबनाउनु, दोस्रो खडा भएको गठबन्धनलाई बलियो नबनाउनु, तेस्रो हरिकृष्ण कार्की जस्ता पदलोलुपलाई बोकेर हिड्नु, एमाले भित्रै गुटबन्दी गर्नुले बारमा वामपन्थीको प्यानल नै पराजित भएको भन्दै त्यसको बारेमा चित्तबुझ्दो जवाफ दिन एमाले केन्द्रीय समितिमा कुरा उठेपछि एमाओवादीले पनि त्यसको सशक्त छानबिन नगरिए आगामी दिनमा कुनै पनि गठबन्धन एमालेसँग हुन नसक्ने चेतावनी दिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ - संयुक्त गठबन्धनले चुनाव हार्छ भने त्यसको कारण खोज्नु पर्छ कि पर्दैन भन्दै नेपाल पक्षले अग्नि खरेलले राजीनामा गर्नुपर्ने आवाज उठाएका छन् ।
 
अग्नि खरेलले राजीनामा दिनुपर्ने र कार्कीलाई न्यायाधिश बनाइए पार्टीको साख समेत गिर्ने भन्दै नेपाल पक्षले ओलीको हुर्मत लिएपछि ओलीले यसको सिलिसिलाबद्ध जवाफ दिने भन्दै कुनै उत्तर नदिएको बालुवाटार स्रोतको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ