arrow

धवलागिरिमा अञ्चल पहिलो पटक ‘थ्रिजी’ सेवा सुरु

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
3G.png.png
बागलुङ। धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा सुरु भएको छ।
 
नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो। सेवाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बिहीबार उद्घाटन गरेकाछन्। 
धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ‘थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए।
 
सोह्र स्थानमा रहेको पुरानो प्रविधिको ‘थ्रिजी’लाई स्तरोन्नति र थप पाँच स्थानमा नयाँ ‘थ्रिजी–बिटिएस’ जडान गरिएको हो। अब इन्टरनेट प्रयोगकर्ताले विगतको तुलनामा बढी क्षमतायुक्त र तीव्रगतिको ‘थ्रिजी’ सेवा उपभोग गर्न पाउनेछन्। ‘थ्रिजी’ प्रविधिमार्फ्त ‘भियोडी’, ‘भिडियो-भ्वाइस च्याट’, तीव्रगतिको इन्टरनेट ‘सर्फिङ’ लगायत सेवा प्राप्त गर्न सकिने उनेको भनाइ छ।
 
टेलिकमले विभिन्न सुविधायुक्त ‘डाटा प्याकेज’ पनि ल्याएको छ। ‘थ्रिजी’ प्रयोकर्ताले एक ‘जिबी’ डाटा लिन रु ५०० मात्र खर्चे पुग्नेछ, जुन एक महिना अवधिको हुन्छ। यस्तै, पाँच ‘जिबी’ लिँदा रु एकहजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असिमित सेवा लिन सकिनेछ।
 
“आगामी आवमा धवलागिरिका थप ५० स्थानमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने लक्ष्य लिएका छौ,” क्षेत्रीय निर्देशक भारतीले भने। हाल धवलागिरि क्षेत्रमा रहेका ८५ वटा ‘जिएसएम, बिटियस’लाई बढाएर आगामी आवमा १२० पुर्‍याउने लक्ष्य छ।
 
सूचना तथा सञ्चारमन्त्री राईले टेलिकमलाई नम्बर एक दुरसञ्चार कम्पनी बनाउने उद्घोष गरे। “समस्या पहिचान गरी यसलाई सुधारेर लैजान आवश्यक छ” उनेले भने। देशभर नेपाल टेलिकमका सम्पूर्ण सेवाको पहुँच बढाउन पूर्वाधार विकासको कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
 
मन्त्री राईले मोबाइलमा ‘थ्रिजी’ प्रयोग गरेर सेवाको उद्घाटन गरेका हन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ