arrow

मैत्रीपूर्ण खेलमा स्पेन र फ्रान्स विजयी, फ्रान्सको खेल मैदानमा आक्रमण, ३ जनाको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1252758961.jpeg

एजेन्सी । इङ्गल्याण्डसँगको मैत्रिपूर्ण फुटबलमा स्पेन विजयी भएको छ । राति एलिकान्टीमा भएको खेलमा इङ्गल्याण्ड स्पेनसँग २–० ले पराजित भयो । पहिलो हाफमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको इङ्गल्याण्डले खेलको ७२ देखि ८४ मिनेटको बिचमा दुई गोल खाएको हो ।

७२औं मिनेटमा पेरेज माटिर्नेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ८४औं मिनेटमा सान्टी काजोर्लाले गोल गरेपछि स्पेन २–० ले विजयी भयो । यस्तै, फ्रान्सले जर्मनीलाई २–० हराएको छ । घरेलु टोली फ्रान्सको जितमा ओलिभर जिरु आन्द्रे पियरे गिग्न्याकले एक एक गोल गरे । मैत्रिपूर्ण खेलमै बेल्जियमले ईटलीलाई ३–१ तथा चेक गणतन्त्रले सर्वियालाई ४–१ ले पाखा लगायो ।

यस्तै, नर्दन आयरल्याण्डले लातभियालाई १–० ले, नेदरल्याण्ड्सले वेल्सलाई ३–२ ले, टर्कीले कतारलाई २–१ ले, लग्जेम्बर्गले ग्रिसलाई १–० ले, पोल्याण्डले आइसल्याण्डलाई ४–२ ले तथा स्लोभाकियाले स्वीट्जरल्याण्डलाई ३–२ ले हराए ।

दुःखद क्षणको खुसी
फ्रान्स र जर्मनीबीचको खेल चलिरहेका बेला स्टेड डेमा बम आक्रमण भयो । फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओलाण्डले खेल नियालीरहेकै बेला बाहिर एक आत्मघाती विष्फोट भएपछि रंगशाला सुरक्षित रहेन । राष्ट्रपति बाहिरिए पनि खेल जारी रहेको बताइएको छ । आक्रमणमा परी स्टेडियममा तीन जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । संकटकाबीच घरेलु टोली खेल जित्न सफल भयो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ