arrow

यस्तो छ, ५ हेलिकप्टर बोक्ने क्षमता भएको अमेरिकी विमान !

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
armyplane.jpg.jpeg
एजेन्सी। यो तस्वीर अमेरिकी एयर शोवाट लिइएको हो। यस फोटो हेर्दा सबैको ध्यान ठुलो मालवाहक विमान जान सक्छ, जुन विमानलाई सी-५ सुपर गैलेक्सी भनिन्छ। लाकहीड मार्टिन कम्पनीले यसको पुरानो भर्जन केहि बर्ष पहिले बनाएको थियो। विमान सँगै छेउमा सी-१३० हर्कुलस विमान रहेको छ जसलाई कयौ देशमा जम्बो बिमान पनि भन्ने गरिन्छ। यसका साथै तस्विरमा छोटो आकारका  फाइटर प्लेन पनि देख्न सकिन्छ। 
 
७५.५३ मीटर लामो र १९.८४ मीटर ऊचाई भएको सी-५ सुपर गैलेक्सी विमान बारूदी सुरुङग हटाउने छ वटा गाडिहरु  वा पांच वटा हेलिकप्टर बोक्न सक्दछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस बिमानको क्षमताको कारण  युद्धको नतिजामा फरक पार्नेछ। सन् २००९ मा विमानको पुरानो मोडलको मुल्य १ खर्ब रुपैया रहेको थियो। सी-५ सुपर गैलेक्सी बिमान अमेरिकी वायु सेना र त्यसका  अन्तरिक्ष अभियानहरुमा सहयोग कार्यमा लगाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ