arrow

सुरक्षाका लागि भन्दै सरकार नै दिन्छ अपराधिलाई हतियार !

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
hatira.jpg.jpeg
काठमाडौं । फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ। 
 
प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीकको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढी मार क्षमताका दुई थान हतियार राख्ने अनुमति दिएको खुलेको हो। अपहरण र फिरौती आरोपमा पक्राउ परी कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृहमन्त्रालयले दुई थान आधुनिक हतियार र तीन सय गोली राख्न अनुमति दिएको खुलेको हो।
 
यस्तै बारम्बार विभिन्न घटनाको अनुसन्धान र आरोपमा प्रहरीले पक्राय गर्दै आएका सिंहको इजाजत पत्र प्रशासन कार्यालयले बिनाकुनै रोकटोक २०७३ असार मसान्तसम्मका लागि नवीकरणसमेत गरेको फेला परेको छ। नागरिक दैनिकमा समाचार छ - पछिल्लो समय पक्राउ परेका सिंहको साथबाट जम्मा १ सय ५८ थान गोली बरामद भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ