arrow

‘पुर्खाको चिठी’ उपन्यास लोकार्पण

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
purkha-ko-chitti.jpeg.jpeg
काठमाडौँ । नेपाल एकीकरण र राणाकालको सुदूर–पश्चिम र कर्णाली क्षेत्रको जनजीवन, रहनसहन र इतिहासलाई समेटेर आख्यानकार गगनसिंह थापाको ‘पुर्खाको चिठी’ नामक उपन्यास बजारमा आएको छ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज यहाँ एक कार्यक्रमबीच उक्त उपन्यासको विमोचन गरे । 
 
पुस्तक लोकार्पण गर्दै सभापति देउवाले सुदूरपश्चिमको इतिहास चिनाउन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालको एकीकरणको समयमा तत्कालीन गोरखाली सेनाले सुदूरपश्चिमवासीमाथि गरेको अन्याय र ज्यादती पुस्तकको महत्वपूर्ण पक्ष रहेको देउवाको भनाइ थियो । काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले यस पुस्तक उपन्यास नभई ऐतिहासिक दस्तावेज भएको धारणा राखे । थापाले एकीकरणको समयमा किर्तिपुरवासीको नाक, कान काटिएको इतिहास लेखिए पनि सोही समयमा सुदूरपश्चिमका केही बासिन्दालाई बलि दिइएको इतिहास नलेखिएको टिप्पणी गरे  । 
 
नागरिक समाजका अगुवा कृष्ण पहाडीले इतिहासको अर्को पक्षको चित्रण पुस्तकमा उल्लेख भएको बताए । लेखकका छोरा एवम् गैरआवासीय नेपाली सङ्घका कोषाध्यक्ष हिक्मत थापाले सुदूरपश्चिम र कर्णालीको भाषा, कला र साहित्यलाई मूलप्रवाहमा ल्याउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रा.डा. कुमार कोइराला र साहित्यकार ललिजङ्ग रावलले पुस्तकमाथि समीक्षा गर्दै लेखकले पुराना अभिलेख, लालमोहर र चिठीपत्रको अध्ययन अनुसन्धान गर्दै उत्कृष्ट कृतिको तयार पारेको टिप्पणी गरे । 
 
उपन्यासका लेखक थापाले नेपाल एकीकरणको समयमा जित्ने गोरखालीको इतिहास र गाथा लेखिए पनि हार्नेहरुको इतिहास लेखिनुपर्छ भन्ने मान्यताको साथ आफूले उपन्यास लेखेको जानकारी दिए । थापाको यो तेस्रो कृति हो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ