arrow

सुरक्षित रहौ, गुगल प्ले स्टोरमा पनि छन् भाइस भएका एप्स !

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
smartphone_and_mobile_app_624x351_afp.jpg.jpeg
एजेन्सी । गुगल प्ले स्टोरमा कयौ ऐप्सहरु रहेका छन् । जुन तपाईको स्मार्टफोन वा ट्याबलेटको लागि ख़तरनाक बन्न सक्छन् । यस्ता ऐप्सहरु गूगलको भाइरस सेक्युरिटीवाट बचेर डाउनलोड हुने गर्दछन् । ट्रोजन यस मध्येको एक खतरनाक भाइरस हो ।  जुन पोर्न भिडियो हेर्ने मानिसलाई लक्षित गरेर तयार गरिएको छ । पोर्न भिडियो हेर्ने मानिसले भिडियोको लागि कहि पनि क्लिक गर्न तयार हुन्छन् । यस अवस्थामा ट्रोजन भाइरस प्रयोगकर्ताको स्मार्टफोन आउछ । भाइरस सेक्युरिटीको बिषयमा बताउने एक वेभसाइटका अनुसार अगस्त २०१५ र फेब्रुवरी २०१६ बीच ३४३ यस्तो क्लिक गर्ने विज्ञापन गुगल प्ले स्टोरमा  देखिएका थिए ।
गूगल प्ले स्टोर
 
बेभसाइटका अनुसार एन्ड्रोइड प्रयोगकर्ता सामु पुग्न 'पोर्न क्लिकर' सबैभन्दा ज़्यादा सफल भएको छ । टेन्पल रन, टकिङग टम, सबवे सर्फ़र जस्ता नाम चलेका ऐप्सको नाम दिएर भाइरस साइटले युजर सामु पुग्न सफल भएका हुन् । एक पटक डाउनलोड भइसकेको ट्रोजनले तपाईले थाहानै नपाई फोनलाई कन्ट्रोल गरिसकेको हुन्छ । 
 
एंड्राइड
यस प्रकारका  ट्रोज़न भाइरसले आफै विज्ञापनहरुमा क्लिक गर्दछन् र कम्पनीवाट उनिहरुले पैसा कमाउने गर्छन् । यदि तपाई चाहानुहुन्छ भने यस्ता एप्सवाट टाढै रह्न सक्नुहुनेछ । त्यसको लागि तपाई अनावश्यक एप्स डाउनलोड गर्नुहुदैन ।  ऐप्स बनाउने कम्पनीको नाम सधै राम्ररी  पढने गर्नु पर्दछ । यदि कुनै एप्स नाम चलेको छ भने त्यसलाई बनाउने कम्पनीको नाम हेर्नुहोस र त्यसको डाउनलोड संख्या पनि पढ्नुहोस यसवाट तपाईलाई लागेको शंखा हट्नेछ । कुनै पनि ऐप्स सितैमा बन्दैन यदि अचानक त्यस एप्सको फ़्री भर्ज़न आयो भने तपाई सावधान हुन आवश्यक छ । साथै स्मार्टफोनमा सधै एन्टिभाइरस राख्ने गर्नुहोस् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ