arrow

कुनै देशका भगवान् कुनैमा बहान !

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
cow-ridess.jpg.jpeg
एजेन्सी। नेपालमा गाईलाई भगवान्‌को रुपमा पुज्ने परम्परा रहेको छ। गाई नेपालको राष्ट्रिय जनवार पनि हो। तर स्विजरल्यण्डको एक फर्ममा गाईलाई बहानको रुपमा प्रयोग गर्दछ। घोडामा जस्तै गाई माथि यात्रा गरेको देखेर स्विजरल्यण्ड पुगेका भिजिटर्सहरु छक्क पर्ने गर्दछन्।
 
हालै स्विजरल्यण्डको बोल्डरहोफ फार्ममा गाई माथि पर्यटकहरु यात्रा गर्दै गरेको तस्बीरहरु सार्वजनीक भएको छ। यी गाई जङ्गली नभएर डेरी फर्मका हुन्। गाईमा यात्रा गर्दा गाईको हिडाइ भने निकै बिस्तारो हुने गर्दछ। तर त्यस फर्ममा पुगेका भिजिटर्स आधा दिन गाईको सवारी गर्न सक्नेछन्।
 
फार्मका मालिकका अनुसार गाई सो क्षेत्रको माहोलमा घुलमिल भएकाले कुनै प्रकारको रिएक्ट गर्दैनन् त्यसैले गाईमाथि सवारी गर्ने क्रममा लड्ने सम्भवना निकै कम हुन्छ। सेफ्टीको लागि पर्मले हेलमेटको व्यवस्था गरेको छ। कम गतिमा हिड्ने गाईको यात्रा गर्नु नदि र  जंगलहरु हेर्नको लागि परफेक्ट आइडिया मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ