arrow

'इमान्दार खेलाडीलाई सलाम !'

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ वैशाख ४ शनिबार
cricket-TU--19.jpg.jpeg
काठमाडौ। नेपालले नामिवीया विरूद्ध आज भएको होम एण्ड अवे अन्तर्गतको आईसीसी विश्व क्रिकेट लिग डिभिजनको पहिलो खेलमा हाँसिल गरेको जीतले सारा देशबासीलाई गुञ्जायमान बनाईदिएको छ। विहान नौ बजेदेखि सुरूहुने खेलमा अतिरिक्त उर्जा थप्नको लागि नेपाली दर्शकहरू झिसमिसेदेखि नै कीर्तिपुर पुगिसकेका थिए। अन्ततः दिनभरीको चिच्याहट पछि खेलाडिहरूले ती दर्शकलाई रित्तोहात उत्साह मारेर फर्किन दिएनन् र नामिविया विरूद्ध पाँच विकेटको फराकिलो अन्तरदे विजय हाँसिल गरे। हजारौं दर्शकको साथ रहेको सो प्रतियोगिताले सारा नेपालीलाई हर्सित बनाईदिएको छ। यसै विषयमा हामीले पनि केही चर्चित व्यक्तिहरूलाई आजको खेल कस्तो लाग्यो त भनेर सोधेका थियौं। 
 
खेल हेर्दा त ‘सात प्रदेशमा कम्तिमा सात रंगशाला’को विकासले खेलको कायापलट हुन्छ जस्तो लाग्यो
चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली काँग्रेस
मैले आजको खेल पूरा हेर्न नपाए पनि केही भने हेरेको थिए। तर, मैले देखेजतिको मात्रै कुरा गर्ने हो यसमा खेलाडीहरूलाई पूर्वाधार विकास गरेर न्याय दिनै पर्ने आवश्यकता मैले देखेको छु। उनीहरूको लगानशीलताको आधारमा मात्रै हामीले छोडिदिनेहो भने भोलि यो विजय लामोसमयसम्म रहला भन्न सक्ने अवस्था छैन। संसार अरू सबै कुरा कमजोर भएको खण्डमा पनि संगीत र खेलकूद जस्ता दुई चिज भने कहिलै पनि च्यूत हुँदैन। यसैले नै मुलुकको अस्तित्व जोगाउने गरेको हामीले देखिरहेका छौं। यस्तै भएको छ, अहिले पनि नेपालमा अर्थतन्त्र तथा राजनीतिमा समेत सङ्क्रमणकालीन अवस्था सिर्जना भएको यो समयमा समेत नेपाली खेलाडिहरूले देखाएको यो कदम अत्यन्तै सराहनीय रहेको छ। यही दुईवटा कुरामा अघि बढेको संसारछ भने नेपाल पनि यो यथार्थबाट अलग छैन। अहिले खेलाडीहरूको आफ्नै प्रयासमा अहिलेको खेल अघि बढीरहेको छ। यसको लागि हामीले हातमा हात समाएर अघि बढाउनु पर्ने बेला भएको छ। हामीले पूर्वाधारको विकास गरिदिने हो भने मात्रै यसले चीरस्थाई र दीर्घकालको लागि समेत फाईदा गर्दै जानेछ। अहिले हाम्रो समाजमा शैक्षिक क्षेत्र अगाडि बढ्नुपर्ने हो त्यो पनि हामीमा कमजोर छ, त्यो लगायतका सबै क्षेत्र कमजोर रहेको अवस्थामा यो ‘योङ्ग जेनेरेशन’का खेलाडीले देखाएको प्रस्तुतिदेखि म ज्यादै खुशी छु। हामीले हरेक प्रदेशमा एउटा क्रिकेट मैदान भनेर संघीय संरचना पछिको लागि पनि योजना बनाईसकेका छौं। त्यसलाई हामीले पूरा गर्नुपर्ने हुन्छ । यसो गर्नसकेको खण्डमा यो जीतको उपहार हामीले खेलाडी तथा सम्पूर्ण क्रिकेट क्षेत्रलाई दिन सक्छौं । जीतको लागि नेपाली टोली तथा सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना ।
 
बीचमा केही मिस्टेक गरेपनि पछि गतिमा फर्कियो
रविन्द्र अधिकारी, सभापति, विकास समिति, व्यवस्थापिका संसद्
नेपाली खेलाडीको प्रस्तुति सुरूदेखि अन्तिमसम्म हेर्दा केही मिस्टेकहरू पनि देखेँ । तर, कहिलेकाही कमजोरी सबैको हुन्छ नै। तर पछि उनीहरूले गति लिएपछि भने धेरै खुशी लागेर आयो। उनीहरूको आज दिन भरीको प्रस्तुती हेर्दा मैले उनीहरूको तालिमकोलागि स्पष्ट व्यवस्था गर्न, उनीहरूको वृत्तिविकासको लागि ध्यान दिन लगायत कामको लागि सरकारलाई विशेष निर्देशन दिनुपर्ने आवश्यकता देखेको छु। त्यसैगरी हामीले रेगुलर खेल खेलाउन समेत सकिरहेका छैनौं। त्यसैले यसको विकासको लागि पनि मैले आवश्यक सुझावहरू सरकारलाई दिने छु। अहिले खेलाडीको प्रयासले मात्रै यत्तिको सफल भएका छौं। यसमा राजनीतिको कुरा पनि आउने गरेको छ हामीले सबैभन्दा पहिले यसलाई राजनीतिबाट मुक्त गराएर व्यवसायिकता दिनु पनि आवश्यक छ। यो व्यक्तिगत प्रयासले हाँसिल गरेको जीतलाई मैले संस्थागत प्रयास तर्फ ढाल्नको लागि सक्दो सहयोग गर्ने छु। जे होस् खेलमा जीत हाँसिल गर्ने खेलाडी लगायत सबैलाई जीतको बधाई तथा शुभकामना। 
 
नेपालले जित्यो भन्ने थाहा पाएपछि मनै फरूङ्ग भयो 
लीलामणि पौडेल, सामाजिक अभियन्ता
मैले पनि काठमाडौं बाहिर गएको बेलामा खेल भएर हेर्न त पाईन तै पनि खेल सकिने वित्तिकै नेपालले जित्यो भन्ने थाहा पाएपछि मनै फरूङ्ग भएर आयो । किन खेल हेर्न नपाएको होला भनेर दुँख पनि लाग्यो । तर जे होस् खेलाडीहरूको पूरा प्रस्तुती हेर्न नसकेपनि उनीहरूको प्रस्तुती राम्रो भएर नै जीत हाँसिल गरेको हो । त्यसैले सबैलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । साथै आगामी खेलको जीतको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।
 
जीतको लागि खेलाडीको एउटै गुण काफी थियोः इमान्दारिता
रविन्द्र मिश्र, सामाजिक अभियन्ता
म त धेरै खुशी भएको छु। कार्य व्यस्तताले गर्दा मैले यो खेललाई पूरा समय दिन त सकिन तर म स्टेडियममा नपुगेपनि मेरो पूरा ध्यान भने नेपाली क्रिकेटर र उनीहरूले समातेको व्याट र बलमा नै थियो । नहुनु पनि किन ? राजनीति र सामाजिक गतिविधिले दिक्दार बनेका हामीहरूको खुशी हुने आधार नै अहिलेको नेपाली खेलकूद र अझ भन्दा त नेपाली क्रिकेट नै भएको छ । हामी सधै निराशा बोकेर हिडेकाहरूलाई सधै खुशी बनाउने एउटै सूत्र छ भने त्यो खेलकूद र खेलकूदलाई विकास गर्ने एउटै सूत्र छ भने त्यो हो इमान्दारिता । तर विडम्बना हामीमा इमान्दारिताकै खडेरी लागिरहेको छ । अहिलेको क्रिकेट टिममा इमान्दारिता भएपनि व्यवस्थापनको जिम्मा लिनेले इमान्दारिता नदेखाउँदा यो पनि कतै गएर निराशाको विन्दूमा टुङ्गिने त होईन ? भन्ने लागिरहेको छ । पूरा हेर्न नपाए पनि पक्कै पनि खेलाडीहरूले राम्रैखेलेर जीत हाँसिल गरेका हुन् भन्नेमा म विश्वस्थ छु । सबै नेपालीलाई बधाई तथा शुभकामना। 
 
नेपालले जित्यो भन्ने सुनँ, खुशी लाग्यो, महन्थ ठाकुर अध्यक्ष, तराई मधेश लोकतान्त्रिक पार्टी 
नेपालको खेल पनि कार्य व्यस्तताको कारणले हेरिएन तपाईले भनोपछि मात्रै मैले पनि नेपालले जित्यो भन्ने थाहा पाएको छु। खुशी पनि लाग्यो। तर क्रिकेट बुझ्दा पनि नबुझ्ने भएकोले  यस विषयमा खासै बोलिरहनु पनि उपयुक्त नहोला। जे होस् नेपाली टिमले जितेको हो भने नेपाली टिमलाई हार्दिक बधाई भन्न चाहन्छु। 
 
खेलकूदले एकीकृत गथ्र्यो, राजनीतिले त्यसैलाई भाँड्लाजस्तो छ 
उज्वल थापा, संयोजक विवेकशील नेपाली दल 
म पनि क्रिकेटको लागि त धेरै हेर्ने मान्छे हो । तर म भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको विकट ठाउँमा भएकोले खेल हेर्न सकिन तर पनि मैले पटकपटक सम्पर्क गरेर खेलको विवरण थाहा पाउने कोशिष गर्दै आएको थिए । जे होस् यावत समस्याकाबीच पनि खेलाडिहरूको प्रयासले हाँसिल गरेको जीतलाई सरकारले जतिसक्दो चाँडो सुविधासम्पन्न भौतिक पूर्वाधारको माध्यमबाट सम्मान गरोस् भन्ने हाम्रो दलको र मेरो व्यक्तिगत पनि माग हो । खेलकूदले सबैलाई एकजूट बनाउँछ । तर, राजनीतिक हस्तक्षेपले यो क्षेत्रलाई पनि टुक्र्याउने हो कि भन्ने डर लागिरहेको छ । जे होस् समग्र नेपाली तथा नेपाली खेलाडिलाई हआर्दिक बधाई तथा शुभकामना । 
 
सुटिङ छाडेर मोबाईलमा हेरेँ 
दिपकराज गिरी, कलाकार
मैले देखेको आज केटाहरूको व्याटिङलाईन अलि कमजोर लाग्यो त्यो अर्को खेलमा पक्कै सुधार्ने छन्। अर्को कुरा उनीहरूको संयमपूर्ण एवं धैर्यपूर्ण व्यवहारले गर्दा पनि आजको खेलले विज निश्चित गराएको हो भन्ने मलाई लागेको छ । म त मोबाईलबाट हेरेर बसेको त्यो पनि सुटिङ गर्न गएको मान्छे सुटिङ छाडेर । जे होस् सरकारको अलिक गैरजिम्मेबारीपनाको वास्ता नगरीकनै पनि जीत हाँसिल गर्ने यी खेलाडिहरूलाई मेरो पनि सलाम छ । साथै बधाई तथा शुभकामना।
 
पुरै खेल हेरेको धेरै राम्रो लाग्यो खेल 
कुञ्जना घिमिरे ‘सुन्तली’ कलाकार
मैले त पूरा खेल हेरेँ आज त । बीचमा खेल हेर्‍यो भने बुझ्दै नबुझेने । आज्को खेल समग्रमा राम्रो लाग्यो । यो पक्ष सुधार्नु भन्न चाहिँ मैले त्यति क्षमता राख्ने गरी खेल बुझ्ने गरेको छैन । त्यसैले पनि म त के भन्छु भने कोचले सही कोचिङ गरेको र खेलाडिले इमान्दारितापूर्वक खेल खेलेकोले आजको खेल जित्न सफल भएको हाने । साथमा दर्शकको माया पनि थियो । यस्तो सफलता सधैं मिल्दै जाओस् । सबैलाई हार्दिक बधाई तथा शुभकामना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ