arrow

नेपालको बिजयीगाथा

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
Nepal_Win23.jpg.jpeg
काठमाडौं। नामिवियाविरुद्धको विश्व लिग क्रिकेट च्याम्पियनसिपको एक दिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेलमा आएर नेपालले पहिलो जित निकालेको छ। घरेलु मैदान कीर्तिपुरमा नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपालले १७ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हासिल गरेको हो।
 
नेपालले ४७ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा चुनौती भेट्टायो । नेपालका लागि शरद भेषावकर र विनोद भण्डारीले उतकृष्ट पारी खेले । यी दुईले ९० रनको साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाए । तेस्रो विकेटका लागि शरदले व्यक्तिगत अर्ध सतक बनाए । उनले ९९ बलमा अविजित ५० रन बनाए । 
 
उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा आएपछि तेस्रो नंबरमा आएका शरदले नेपालि टोलीलाई जीत दिलाउन राम्रो खेल खेलेका थिए। उनले आफ्नो अनुभव र सुझबुझपुर्ण पारी खेल्दै नेपाललाई जीत तर्फ डोर्‍याएका थिए।
 
त्यसैगरि बिनोद भण्डारीले पनि उनलाई राम्रो साथ दिए र ऊनीहरुको जोडीमा ठुलो सट खेल्ने बिनोद र स्ट्राईक रोटेट गरिरहने शरदको ब्याटिङ शैलीले नेपालको जीत संभव भएको थियो।
 
स्पिनरलाई साथ दिने पीचमा नेपालि खेलाडीहरुले सुझबुझ पुर्ण ब्याटिङ गरेका थिए। त्यसैगरि बलिङ गर्ने क्रममा पनि शुरुवातको २ ओभर बाहेक  नामिबिया माथि अंकुश लगाएका थिए। 
 
नामिबियाको १०९ रनमा ६ विकेटको स्थितीमा पारस खड्काको कप्तानी अलि रक्षात्मक देखिएको थियो। उनले आफ्ना स्ट्राईक बलर प्रयोग गरेर खेल सकाउन तिर भन्दा अंकुश लगाईराख्न उचित ठानेको देखिएको थियो। त्यसपछिको जोडी स्कोल्ज रबर्गरले ३५ रनको साजेदारी गरेका थिए। ६ विकेट गुमाएको स्थितीमा दुवै ब्याट्सम्यानले खाता खोलेका थिएनन्। 
 
४३औ ओभरमा १४४मा सात विकेट गुमाएको नामिबियाले पछिल्लो सात ओभरमा ५० रन जोडेको थियो। नेपाली कप्तान पारस आक्रमक भएको भए सायद यती रन नबन्न पनि सक्थ्यो । स्पिनर मैत्री पीचमा सोमपाल बाहेक कप्तान पारसले पहिलो २ ओभर मिडियम गरकेा थिए भने बाँकी ओभर स्पिन बलिङ गरेका थिए। 
 
नेपालकालागि पहिलो खेल खेलिरहेका अण्डर-१९मा तहल्का मचाएका सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका थिए। उनले आफ्नो १० ओभरमा २ मेडेन राख्दै ३७ रन दिएर १ विकेट लिएका थिए। नेपालकालागि बसन्त रेग्मीले ३ विकेट लिएका थिए। सोमपाल कामीले पहिलो २ विकट लिएपछि नामिबिया दवाबमा आएको थियो। पहिलो २ ओभरमा २५ रन बनाएको नामिबियाले तेस्रो ओभरको पहिलो बलमा पहिलो विकेट गुामएको थियो। 
 
पहिलो विकेटकालागि ४२ रनको साझेदारी गरेर ज्ञानेन्द्र मल्ल र नरेश बुडाएरले नेपाललाई राम्रो शुरुवात दिएका थिए। ज्ञानेन्द्रले  २१ रन बनाए भने नरेशले १६ रनको योगदान दिएका थिए। 
 
त्यसपछि ब्याटीङ गर्न आएका शरद भेषावकरले नरेशसँग ४ रनको साझेदारी गरेपछि नरेश आउट भएका थिए। कप्तान पारससँग शरदले ३६ रनको साझेदारी गरेका थिए। पारसले २१ रनको योगदान दिएका थिए। नेपालि यु-१९का कप्तान राजु रिजाल खासै जम्न सकेनन् र उनी ६ रनमा आउट भएका थिए। 
 
पाँचौ विकेटका रुपमा राजेश पुलामीलाई गुमाएको नेपालका लागि विनोद उर्जा बनेर आए। विनोदको आगमनपछी शरद समेत उत्साही भए पछि उनले ३ चौका प्रहार गरेका थिए। बिनोद भण्डारि र शरदले बाँकी काम गरेर नेपाललाई जीत दिलाएका थिए। 
 
यो संगै सरदले एक दिवसीय क्रिकेटमा ४ सय ६६ रन बनाएका छन् । विनोद भण्डारीले आफ्नो खेल शैली अनुरुप प्रदर्शन गर्दै ४९ बलमा अविजित रहँदै व्यक्तिगत ४० रन बनाए । नेपाल पाँच विकेट गुमाएर दबाबमा परेको अवस्थामा उनले लगातार २ छक्का प्रहार गर्दै दबाब मथ्थर गरेका थिए। लगत्तै एक वल विराएर उनले तेस्रो छक्का हानेपछि दबाब नामिवियाका बलरमाथिनै फर्किएको थियो। 
 
टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो। जितसंगै नेपालले च्याम्पियनसिपको अंक तालिकामा खाता खोलेको छ । अब नेपालको २ अंक भएको छ। यसअघि भएका चार खेल गुमाउँदै नेपाल अंकविहिन थियो। नेपाल र नामिवियाबीचको अर्को एक दिवसीय सोमबार कीर्तिपुर मैदानमै हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ