arrow

जापानमा ७ रिक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
542489260.png
टोकियो। जापानको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार बिहानै ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ। सो भूकम्पका कारण सानो सुनामी पनि आएको थियो । तर यस भूकम्प र सुनामीका कारण खासै ठूलो भौतिक वा मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाई छ ।
 
युएसजिएसले सो भूकम्प ७ रिक्टर स्केलको भएको जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान ५:५१ मा सो भूकम्प गएको बताइएको छ ।
 
यस भूकम्पका कारण सुनामीको खतरा नरहेको जापानी मौसम विज्ञान विभागले जनाएको छ । उसले सुरुमा सुनामीको चतावानीयुक्त सूचना जारी गरेपनि त्यसको ९० मिनेटपछि हटाएको थियो । रासस÷एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ